७२ वर्षको उमेरमा नागरिकता

अछाम, २ कात्तिक : अछामका डम्बर साउदले ७२ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ । मेल्लेख गाउँपालिका वडा नम्बर ७ का साउदलाई बुधबार जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नागरिकता हस्तान्तरण गर्नुभयो ।

रोजगारीको सिलसिलामा लामो समयदेखि भारतमा रहनुभएकाले साउदले नागरिकता लिन पाउनुभएको थिएन । बुढेसकालमा नागरिकता पाएपछि बल्ल नेपाली नागरिक भएको महसुस भएको साउदले सुनाउनुभयो । आफूले नागरिकता नबनाएका कारण छोराछोरी पनि नागरिकताबिहीन भएको उहाँको भनाइ छ । “ढिलै भएपनि मैले नागरिकता पाएँ, अब छोराछोरीलाई नागरिकता दिलाउँछु”, उहाँले भन्नुभयो ।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालय अछामले कागजपत्र पूरा भएको खण्डमा आधा घण्टामै सेवा दिने अभ्यास सुरु गरेको छ । जसले गर्दा पछिल्लो समय भिडभाड पनि कम भएको प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाइ छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।