सांस्कृतिक महासंघ धनकुटाको अध्यक्षमा चेम्जोग
धनकुटा । नेपाल सांस्कृतिक महासंघ धनकुटाको आज सम्पन्न चौथो जिल्ला अधिवेशनले कृष्ण गाविन्द चेम्जोगको अध्यक्षतमा नया कार्य समिति चयन गरेको छ ।
उक्त जिल्ला अधिबेशनबाट नेपाल सास्कृतिक महासंघ धनकुटाको उपाध्यक्ष द्धयमा यज्ञ राई र निरोज गुरुङ्ग,सचिवमा सुमन योगी र सदस्यहरुमा धन वहादुर परियार ,दिल कुमारी राई लगायत ११ सदस्यीय नया कार्य समिति चयन गरेको छ ।
नवनिर्वाचित नेपाल सास्कृतिक महासंघ धनकुटाको कार्य समितिलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राई,प्रदेश कार्य समिति सदस्य नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,सहसचिव राम वहादुर रायमाझी,कोषाध्यक्ष सरस्वती मगर ,प्रवक्ता खगेन्द्र घिमिरे,नेपाल सास्कृतिक महासंघका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश संयोजक चिरञ्जिवि वस्नेत,महासचिव शिव शंकर रिजाल,(पानपाला),प्रदेश सहसंयोजक मनोज कार्की,केन्द्रिय सदस्य भिषण राई,हास्यकलाकार प्रकाश ओझा,सास्कृतिक संघ धनकुटाका पूर्व अध्यक्षहरु टिका भण्डारी ,खेमराज पौडेल, सूर्य कुमार वालिङ्ग पूर्व उपाध्यक्ष तुलसी पुरी, नेपाल तरुण दलका केन्द्रिय सदस्यहरु तिलक महत,युवराज पराजुली,नेपाल आदिवासी जनजाती संघका धनकुटा अध्यक्ष नरेन्द्र राई,नेपाली कांग्रेसका जिल्ला सदस्य रेणु श्रेष्ठ, लगायतले खादा माला टिका लगाई दिई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागी शुभ कामना व्यक्त गर्नु भएको थियो ।
जिल्ला सम्मेलन तथा बधाई कार्यक्रम नेपाल सास्कृतिक महासंघ धनकुटाका निर्वतमान अध्यक्ष सूर्य वालिङ्गको अध्यक्षतमा सम्पन्न भएको थियो ।
नवनिर्वाचित नेपाल सास्कृतिक महासंघ धनकुटाका अध्यक्ष कृष्ण कोविन्द्र चेम्जोगले धनकुटामा अव सास्कृतिक महासंघले सवै कलाकर्मी तथा साहित्यकारहरुलाई एकताबद्ध गरी नया आयमका साथ अगाडी बढ्ने वताउनु भयो ।


