पत्रकार घिमिरेलाई पितृशोक
धनकुटा । पत्रकार खगेन्द्र प्रसाद घिमिरेलाई पितृशोक परेको छ ।
घिमिरेका ८१ बर्षिया बुबा चिरञ्जीवी प्रसाद घिमिरेको आज बिहान निधन भएको हो ।
पत्रकार घिमिरे नेपाल पत्रकार महासंघ धनकुटाका पूर्ब अध्यक्ष एबम सल्लाहकार, द हिमालयन टाईम्सका धनकुटा सम्बादाता ,रेडियो भेडेटारका प्रबन्ध निर्देशक हुनुहुन्छ ।
पारिवारिक स्रोतका अनुसार मृतकको आज बिहान १० बजे इटहरी स्थित बुढिखोलामा अन्त्येष्टि गरिने भएको छ ।


