एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य एमाले प्रवेश

रूपन्देही । नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा दाङ क्षेत्र नं। १ का इञ्चार्ज रामप्रसाद गैरे नेकपा एमालेमा फर्किएका छन् ।

दाङ लमहीमा आयोजित कार्यक्रममा समाजवादी परित्याग गरी गैरे नेकपा एमालेमा प्रवेश गरेका हुन् । ‘समाजवादी पार्टीलाई जनताले अनुमोदन गरेनन् । फुटेर कम्यूनिष्ट आन्दोलनलाई अघि बढाउन सकिँदो रहेनछ । म मूलधारमा फर्किएँ’ सम्वोधनका क्रममा उनले भने, ‘समाजवादी मोर्चामा माओवादीको एकाधिकार हुन थाल्यो । त्यसले आन्दोलनलाई अघि बढाउन सकिँदैन । म एमालेमै फर्किने निधो गरेँ र अहिले पार्टी प्रवेशसमेत गरिसकेको छु । पार्टीले दिने जुनसुकै जिम्मेवारी बहन गर्न तयार छु ।’

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गैरेलाई पार्टी प्रवेश गराएका हुन् । दाङका एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता अधिकांश एमालेमा प्रवेश गर्दै जाँदा एकीकृत समाजवादी कमजोर बन्दै गएको छ ।

यसअघि यहाँबाट केन्द्रीय सचिव भागवत विश्वासीसहित जिल्ला अध्यक्षसहित केन्द्रीय स्तरका नेताहरु एमालेमा प्रवेश गरिसकेका थिए । यसले गर्दा नेकपा एसका नेता तथा दाङ क्षेत्र नं। १ बाट निर्वाचित सांसद मेटमणी चौधरी आफ्नो निर्वाचन कमजोर बन्दै गएको एमाले नेताहरूको दावी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।