धनकुटामा अधिकारी असोज महिनाको उत्कृष्ट प्रहरी घोषित
धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाको कर्मचारी प्रशासन र अन्वेषण योजना शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक प्रकाश चन्द्र अधिकारी असोज महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
सर्बोत्कृष्ट घोषित भएका अधिकारीवे विभागीय मुल्य-मान्यता,आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबलका साथ जिल्ला प्रहरी कार्यालय धनकुटाको कर्मचारी प्रशासन र अन्वेषण योजना शाखामा कार्यरत रही तोकिएको जिम्मेवारी प्रति पूर्ण बफादार र लगनशिल भई अनुशासित तवरले कार्यसम्पादन, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिभिन्न विद्यालय, क्याम्पस एवं संघ संस्थाहरुमा सचेतना मुलक कार्यक्रमहरु संचालन गर्नुका साथै कोशी प्रदेश प्रहरी वार्षिक कार्ययोजना – २०८० मा समेटिएका कार्यहरुको कार्यगत उदेश्य समय सिमा भित्र पुरा गर्नका निमित्त कार्यालय प्रमुख समक्ष समयमै जाहेर गरी कार्यन्वयन गर्न महत्वपुर्ण भूमिका निर्वाह गरेको हुँदा ईलाका प्रहरी कार्यालय पाख्रीबास धनकुटा दरबन्दी भई यस कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रकाश चन्द्र अधिकारीलाई निजले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै २०८० साल असोज महिनाको उत्कृष्ट प्रहरी (POLICE OF THE MONTH) घोषणा गरिएको कार्यालयले संजालमा राखेको पत्रमा उल्लेख छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय धनकुटाले जिल्ला भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।



