सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार सम्बन्धी अन्तरक्रिया

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ११ को आयोजनामा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

अन्तरक्रियामा सहभागीहरुले अभिभावक, विद्यार्थी र शिक्षक आ–आफ्नो ठाउँबाट जिम्मेवार भएमा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार गर्न सकिने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न महानगर लागिपरेको बताउनुभयो ।

उहाँले महानगरले कूल बजेटको करिब २१ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्ने गरेको सुनाउनुभयो । मेयर कोइरालाले विद्यालयस्तरदेखि नै सीपमूलक र प्रविधिमैत्री शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले महानगरभित्रका सबै सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि योजनाबद्ध रुपमा काम भइरहेको जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले विद्यालयको गुणस्तर सुधार्न प्रधानाध्यापकको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले प्रअहरु जिम्मेवार भए शैक्षिक सुधार गर्न सकिने उल्लेख गर्नुभयो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले वडाभित्र जनपथ मावि र अरुणोदय आधारभूत विद्यालय सञ्चालनमा रहेको बताउनुभयो ।

उहाँले दुवै विद्यालयका प्रअ, अभिभावक, सञ्चालक समितिका अध्यक्ष, पदाधिकारी, शैक्षिक अभियन्ता, वडाका प्रबुद्ध व्यक्तिहरुलाई राखेर अन्तरक्रिया गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा शिक्षा विज्ञ राजेन्द्र बुढाथोकीले अवधारणापत्र प्रस्तुत गर्नुभयो । टोल संगठनका तर्फबाट धु्रव कोइराला, पूर्वप्रधानाध्यापक ज्ञानेन्द्र खड्कासहित अभिभावक, विद्यार्थीलगायतले शैक्षिक सुधारका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।