आमा-बाबु गुमाएका धनकुटा आहालेका विद्यार्थीलाई छात्रबृत्ति प्रदान
धनकुटा । धनकुटा जिल्ला सागुरीगढी गाउपालिका वडा नं.१० का पूर्व वडा सभापति स्वर्गीय झगेन्द्र राईका छोरा अनुज राईलाई आज विद्यार्थी परियोजना नेपाल काठमाण्डौछारा प्रदान गरिएको छात्रबृत्ति हस्तान्तरण गरिएको छ ।
दुई बर्ष अघि अविरल बर्षाका कारण खोला आएको बाढी तर्न लाग्दा हत्या भएका तत्कालिन धनकुटा जिल्ला आहाले गाउपालिका वडा नं. १० का कांग्रेसका वडा सभापति झगेन्द्र राई र उक्त घ्ट्नाको खगर सुन्न साथ हृदयघाट भई निधन हुनु भएका अनु राईको छोरा एम्स एकेडेमी धरानमा कक्षा १२ मा अध्ययनरत अनुज राईलाई विद्यार्थी परियोजना नेपाल काठमाण्डौ द्धारा प्रदान गरदै आएको रकम मध्य ६ मलिहानको १३ हजार ५ सय रुपैया प्रदान गरिएको हो ।
विद्यार्थी परियोजना नेपाल काठमाण्डौ द्धारा प्रदान गरिएको उक्त छात्र वृत्ति रकम नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई,संविधान सभा सदस्यहरु मनोहर नारायण श्रेष्ठ,लिला सुब्बा,नेपाली कांग्रेस धनकुटाका पूर्व सभापति अग्नी पौडेल,जिल्ला सचिव विजय सन्तोषी राईले विद्यार्थी अनुज राईलाई हन्तान्तरण गर्नु भएको थियो । उक्त समारोहमा धनकुटा जिल्ला आहालेका समाजसेवी हस्त राई,उमेश राई,वसन्त राई नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य पृती बान्तवाको उपस्थिति रहेको थियो ।
अपाङ्ग पुर्नस्थापना केन्द्र काठमाण्डौका अध्यक्ष कांग्रेस धनकुटाका महासमिति सदस्य उदय लिम्बुको पहलमा नेपाली कांग्रेस धनकुटाको अनुरोधमा उक्त छात्र बृत्ति रकम प्रदान गर्दै आईरहेको छ ।
बुबा आमा गुमाएका अनुज राई आफ्नु फुपु संगिता राईको घर धरानमा वसी अध्ययन गर्दै आईरहेका छन भने उनका दिदि भारतमा अध्ययन गर्दै आईरहेका छन ।
नेपाली कांग्रेस धनकुटाले पनि दुई बर्ष अघि हत्या भएका तत्कालिन धनकुटा जिल्ला आहाले गाउपालिका वडा नं. १० का कांग्रेसका वडा सभापति झगेन्द्र राई र उक्त घ्ट्नाको खगर सुन्न साथ हृदयघाट भई निधन हुनु भएका अनु राईको छोरा र छोरीको लागी रकम सहयोग गरेको र अव पनि उनीहरुको अध्ययनका लागी थप सहयोग जुटाउना लागी पहल गर्ने जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।


