कार्की मृत्यु प्रकरणः आत्महत्या दुरुत्साहन आरोपमा पत्नी र ससुरा पक्राउ

दमक, कात्तिक १५ । प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा झापा कमल–६ की चाहना पोखरेल र पुण्यप्रसाद पोखरेललाई पक्राउ गरेको छ ।

३६ वर्षीय अनिल कार्कीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप उनकी पत्नी चाहना र ससुरा पुण्यप्रसादलाई झापा प्रहरीले पक्राउ गरेको झापाका प्रहरी प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।

उनीहरुविरुद्ध उजुरी परेसँगै पत्नी चाहना र ससुरा पुण्यप्रसादलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

मृतक कार्कीकी पत्नी चाहना र ससुरा पुण्यप्रसादविरुद्ध किटानी जाहेरी परेको र जाहेरीको पेटवोलीमा कमल ६ का वडा अध्यक्ष नरेन्द्र भट्टराईको नाम समेत उल्लेख छ ।

वडा अध्यक्षको नाम समेत जाहेरीको पेट वोलीमा उल्लेख भएसँगै प्रहरीले उनलाई समेत निगरानीमा राखेको र अनुसन्धान प्रहरी नायव उपरीक्षक रिजालले बताए ।

कार्कीलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै मृतकका मामा खेमबहादुर बुढाथोकीले प्रहरीमा जाहेरी दिएलगत्तै उनीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।

यसैबीच, प्रहरीले अनुसन्धान गरिरहेको बताए पनि मृतकका परिवारले कार्कीको शव बुझ्न अस्वीकार गरेका छन् । दशैँ विदामा घर आएको समयमा विवाद भएपछि कार्कीको कात्तिक १२ गते रहस्यमय मृत्यु भएको थियो ।

उनी जिल्ला वन कार्यालय पाँचथरमा कार्यरत रहेका थिए । उनी ससुरालीनजिकै बस्दै आएको र दशैँ विदामा घर आएको बताइएको छ ।

मृतक कार्कीकी बहिनी अनिता कार्की कोइराला, पवित्रा बुढाथोकी, मामा खेमबहादुर बुढाथोकीलगायतले दमकमा पत्रकार सम्मेलन गर्दै आफूमाथि भएको अन्यायका विषयलाई लिएर समयमै प्रहरी कार्यालयमा पुगे पनि न्यायको अनुभूति हुन नसकेको गुनासो गरेका छन् ।

कार्की आइतबार साँझ गलामा डोरी लगाएको र डोरी काटेर तीन टुक्रा पारेको अवस्थामा घरमै फेला परेका थिए । पासो काटेर उपचारका लागि दमकको लाइफलाइन अस्पताल पुर्याउँदा उनको मृत्यु भएको बताइएको छ ।

दशैँको महानवमीका दिन कार्की र उनकी श्रीमतीबीच झगडा हुँदा वडा अध्यक्ष भट्टराई झगडा मिलाउन गएको बताइएको छ । त्यसबेला वडा अध्यक्ष भट्टराईले हातपात गरेको आफन्तको आरोप छ ।

दशैँ विदामा घर आएका कार्कीमाथि श्रीमती, वडा अध्यक्ष भट्टराईसहितले कुटपिट गरेको भन्दै दशैँ टिका अर्थात कात्तिक ७ मा इलाका प्रहरी कार्यालय दमकमा निवेदन समेत दिएका थिए ।

सो निवेदनमाथि प्रहरीले कात्तिक १२ गते छलफल गर्ने भने पनि छलफल रोकिएको थियो । छलफल गर्ने भनिएकै दिन कार्कीको रहस्यमय मृत्यु भएको हो । मृतक कार्कीका एकजना नाबालिका छोरी छिन् ।-झापाटुडेबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।