बिराटनगरबाट बिल बिजक बिनाको अबैध गहना सहित १ जना पक्राउ

मोरङ, कार्तिक १७ । मोरङको बिराटनगर महानगरपालिका-११ मा संचालित पशुपति ज्वलर्शका संचालक बिश्वजित जानालाई बिल बिजक बिनाको अबैध गहना सहित प्रहरीले पक्राउ गरेको छ ।

अबैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएर बिल बिजक बिना सुन तथा चाँदीका गर गहना बिक्री बितरण भईरहेको भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह (PIT) बाट खटिएको प्रहरी टोलीले बिहिवार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका बिश्वजितले संचालन गरेको ज्वलर्शबाट प्रहरीले १५३.८ ग्राम सुनको तयारी गर गहना र ९९ केजि ९४६ ग्राम ५ मिलिग्राम चाँदीको तयारी गर गहना बरामद गरेको छ ।

ठुलो परिणामको तयारी गहना सहित पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी मुल भन्सार कार्यालय रानी बिराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।