कोशी सरकारबाट बाहिरिने एमालेको तयारी

काठमाडौं, १७ कार्तिक । नेकपा (एमाले) कोशी प्रदेश सरकारबाट बाहिरिने तयारीमा छ ।

मुख्यमन्त्री केदार कार्कीले आफूहरुसँगको सहमति तोडेर माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लाई सरकामा सहभागी गराएपछि एमाले नेतृत्वले कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने तयारी गरेको हो ।

कार्की नेतृत्वको क्याविनेटमा विनाविभागीय मन्त्री रहेका राम रानालाई राजीनामा गराउने एमालेको तयारी छ । एमाले उच्च स्रोतले जनाएअनुसार मन्त्री रानालाई भोलि नै फिर्ता बोलाउने तयारी छ । कोशीमा एमालेको समर्थनमा कार्की मुख्यमन्त्री भएका हुन् । पार्टी सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको नै सरकार बनाउनुपर्ने दबाब दिएपछि उनले आज माओवादी र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले आजै माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरेका हुन् । यद्धपी उनीहरुको जिम्मेवारी भने तोकिएको छैन् । file photo

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।