धनकुटा नगरमा कीटजन्य रोग नियन्त्रणको समीक्षा

धनकुटा, १७ कात्तिक । धनकुटा नगरपालिका क्षेत्रमा कीटजन्य रोग नियन्त्रणका लागि गरिएका कामको समीक्षा गरिएको छ । धनकुटा नगरपालिकाको स्वास्थ्य उपशाखाले कीटजन्य रोग नियन्त्रण तथा डाटा भेरिएसन सम्बन्धी एक दिने समीक्षा कार्यक्रम गरेको हो ।

कार्यक्रममा धनकुटा नगर क्षेत्रमा डेंगु, स्क्रवटाइफस, मलेरिया, कालाजार जस्ता कीटजन्य रोगको प्रभाव सम्बन्धी छलफल गरिएको छ । लामखुट्टे, किर्ना, भुसुना लगायतको टोकाइबाट सर्ने यस्ता कीटजन्य रोगको नियन्त्रणका लागि गरिएका प्रयास र उपलब्धीको समीक्षा पनि गरिएको छ ।

धनकुटा नगरमा केही महिना अघि १९० जना भन्दा बढीमा डेंगु रोगको संक्रमण र १३ जनामा सक्रवटाइफसको संक्रमण देखिएको थियो । अहिले उनीहरु सबै निको भइसकेकाले नगर क्षेत्रमा कीटजन्य रोग रोकथामको प्रयास प्रभावकारी देखिएको धनकुटा नगरपालिकाका स्वास्थ्य उपशाखा प्रमुख भोजराज भण्डारी बताउँछन् ।

धनकुटा नगर क्षेत्रमा २७ जना स्वास्थ्यकर्मी र ४५ जना महिला स्वास्थ्य स्वयंसेवक कार्यरत छन् । उनीहरूलाई पूर्ण खोप सुनिश्चितताको दिगोपनका लागि सक्रियतापूर्वक भूमिका निर्वाह गर्न पनि कार्यक्रममा आग्रह गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।