नेपाल पत्रकार महासंघ धनकुटाद्वारा भूकम्प प्रभावित क्षेत्रमा यथासक्य छिटो राहत प्रदान गर्न संबन्धित निकाय संग माग
धनकुटा,१८ कार्तिक । नेपाल पत्रकार महासंघ धनकुटाले काग तिहारमा शुभकामाना आदन प्रदान गर्ने भएको छ ।
आज बसेको जिल्ला कार्यसमितीको बैठकले नेपालहरुका पर्व शुभ दिपावली ,नेपाल सम्वत,छठ,मंसिरे चाड पर्व लगायत सवै पर्वहरुको उपलक्ष्यमा शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरीबहादुर लम्जेलले जानकारी दिनु भयो ।
साथै बैठकले शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भइ गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परि ज्यान गुमाउने सम्पूर्णमा श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शिघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।
प्रभावित जिल्लामा रहेका संचार संस्थाहरुमा भएको क्षतिको समेत यथासक्य छिटो राहत प्रदान गर्न संबन्धित निकाय संग माग गर्ने समेत निर्णय भएको सचिव लम्जेलले जानकारी दिनु भयो ।


