क्रिकेट खेलमा लगानी बढाउनु पर्छ : मन्त्री लिम्बु

धनकुटा,१८ कार्तिक । युना तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले क्रिकेटमा खेलमा लगानी बढाउनु पर्ने बताउनु भएको छ ।

धनकुटामा आज पत्रकारहरु संग कुरा गर्दै मन्त्री लिम्बुले क्रिकेट खेलले नेपाल लाई विश्वसामु चिनाएको बताउँदै अब त्यसमा लगानी बढाउँदै क्रिकेटका संरचनाहरु लाई व्यावस्थीत बनाउँनु पर्ने र त्यसका लागि मन्त्रालयले प्रमुख प्राथमिकताका साथ काम गरिरहेको समेत बताउँनु भएको हो ।

मुलपानीमा रहेको क्रिकेट मैदान लाई सम्पन्न गर्नका लागि ६ अर्ब रुपैयाँ लाग्ने भएकोले त्यसको स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल पठाइ सकेको समेत बताउँनु भयो ।

त्यस्तै प्रदेश र जिल्ला स्तरमा समेत खेलकुद विकासका लागि कामहरु अगाडी बढाइएको मन्त्री लिम्बुको भनाई थियो । साथै उहाँले कानुनी र आर्थिक समस्याका कारण सोचे जस्तो काम गर्न नसकिएको समेत धारण राख्नु भयो ।

फरक प्रसंगमा मन्त्री लिम्बु कोशी प्रदेशमा उत्पन्न हुने समस्या लाई केन्द्रिय नेतृत्वले संवाद बाट समाधान गर्नु पर्ने समेत बताउँनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।