तिहार मनाउन जाजरकोट पुगेका दिदीभाइको भूकम्प परी निधन

काठमाडौ। शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परि दिदीभाइको निधन भएको छ । भूकम्पमा परी दैलेख, दुल्लु नगरपालिका—६, छिउडीपुसाकोटका २५ वर्षीया एलिना भण्डारी र १० वर्षीय प्रज्ज्वल शाहीको पनि मृत्यु भएको हो।

मृतक एलिना नापी कार्यालय जाजरकोटमा सर्वेक्षक (अमिन) को रुपमा कार्यरत थिइन् । उनले गत वर्षमात्रै संघीय सरकार अन्तर्गतको अमिनमा नाम निकालेकी थिइन्। उनले पहिलो प्रयासमै अमिनमा नाम निकालेकी हुन्।

यही कार्त्तिक ७ गते भएको दसैँमा दैलेख घर आएकी उनी तिहार जाजरकोटमै मनाउने गरेर भाइलाई साथमा लगेकी थिइन्। नापि कार्यालय जाजरकोटको सरकारी क्वार्टरमा सुतेको बेला भूकम्प जाँदा एलिनासँगै उनका भाई प्रज्वल शाहीको पनि मृत्यु भएको छ।

परिवार स्रोतका अनुसार ७ कात्तिकमा दसैँ मान्न घर रहेकी एलिना विगत चार दिनअघिमात्र भाइसँगै जाजरकोट सदरमुकाम खलंगा पुगेकी थिइन्।

सुर्खेतमा पढ्दै गरेका एलिनाका भाइ प्रज्वल दसैँ–तिहार बिदामा दैलेख घरमा गएका थिए। बिदामा बसेका भाइलाई एलिनाले तिहार उतै मनाउने भरेर आफूसँगै जाजरकोट लगेकी थिइन् । एलिना भण्डारी र प्रज्ज्वल शाही एकै घरका दिदीभाइ भने होइनन्। उनीहरू फरक–फरक बाबुका तर एकै आमाका सन्तान हुन्।

एलिनाको बुवाको उनी दुई वर्षको हुँदा नै निधन भइसकेको छ। बुवाको निधनपछि आमाले दोस्रो बिहे गरेकी थिइन । भाइ प्रज्ज्वल पनि सुर्खेतमा बसेर पढ्दै आएका थिए। दसैं–तिहार बिदामा हेरिदिने मानिस नभएकाले एलिनाले आफू पोस्टिङ भएकै ठाउँ अर्थात् जाजरकोट खलंगा लगेकी हुन्।

घरबाट आउजाउ गर्न गाह्रो भएकाले उनको बसोबास नापी खलंगामा नै रहेको थियो। एलिना सुर्खेतको अमर ज्योति माविमा तीन वर्षे जियोमेटिक इन्जिनियरिङ पाँचौँ सेमेस्टरमा पढ्दै थिइन् । आफन्तका अनुसार एलिनाको इन्जिनियर बन्ने सपना थियो। उनको त्यो सपना पनि पूरा हुनै लागेको थियो ।

किनभने उनको इन्जिनियरिङ पाँचौँ सेमेस्टर पनि सकिनै लागेको थियो । तर, उनको सपना अधुरै भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।