धनकुटा र पोखराको पर्यटन प्रबर्दनका लागि सहकार्य हुने

धनकुटा,१९ कार्तिक । होटल संघ पोखरा नेपालले पोखरा र धनकुटाको आन्तिरक पर्यटन प्रबद्र्धनका लागि धनकुटामा सरोकारवाला संग अन्र्तकृया गरेको छ ।

होटल संघ पोखरा नेपालले आन्तिरक पर्यटन प्रबद्र्धन अभियान २०८० जनकपुर,विराटनगर, विर्तामोड, धनकुटा कार्यक्रम अन्र्तगत आइतबार धनकुटा होटल व्यावसायी, पर्यटन व्यावसायी सहित सरोकारवाला संग पोखरा र धनकुटाको आन्तिरक पर्यटन प्रबद्र्धनका लागि छलफल गरको हो ।

सो अवसरमा होटल संघ पोखरा नेपालका महासचिव राजेन्द्र ढकालले प्राकृतीक र धार्मिक सहित सहासिक खेल पर्यटनका लागि पोखरा उत्कृष्ठ गन्तव्य भएकोले र धनकुटा पनि एक उत्कृष्ठ पर्यटकिय गन्तव्य भएकोले आन्तरिक पर्यटन प्रवद्र्धनमा एक अर्का बिच सहयोग र सहयोग र सहकार्य गर्न आवश्यक रहेको बताए ।

आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार भएको बताउँदै ढकालले व्यावसायीहरु बिच सहकार्य आवश्यक रहेको धारण राखेका थिए । त्यस्तै पोखरा पर्यटन परिषदका अध्यक्ष अभिनारायण श्रेष्ठले अब सबै पर्यटन व्यावसायीहरुले सरकारको मुख ताक्ने भन्दा पनि सहकार्य र एकताका साथ नेपालको पर्यटन विकासमा लाग्नु पर्ने र देश भनि नै आन्तरिक पर्यटनका गतिबिधी लाई अगाडी बढाउँदै बाह्य पर्यकट भित्राउन समेत सबै पर्यटन व्यावसायीहरु लाग्नु पर्ने बताए ।

नेपालमा आन्तरिक तथा बाह्य पर्यटनको संभावना भए पनि राज्यले यसको विकासमा सहयोग नगरेको साथै राज्यमा रहेका व्यातिmहरु पनि व्यावसायीका समस्या समाधान गर्न भन्दा पनि सरकार लाई खुसी बनाउँने काममा मात्र देखिएको आरोप लगाउँदै पर्यटन व्यावसायी नै एकजुट हुनुको विकल्प नरहेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले धारण राखेका थिए ।

त्यस्तै होटल एसोसियसन धनकुटाका सचिव मोहन वान्तवा राईले धनकुटा पनि पर्यटकिय संभावनाको खानी भएकोले आन्तरिक तथा बाह्य पर्यटक भित्राउन पोखरा संग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिवद्धता जनाए ।

त्यस्तै जिल्ला समन्वय समिती धनकुटाका प्रमुख निरेन तामाङ्गले पोखराको पर्यटन बाट सबैले सिक्नु पर्ने बताउँदै पर्यटन विकासका लागि धनकुटा र पोखराको सहकार्य आन्तरिक पर्यटनका लागि एक महत्वपूर्ण सुरुवात हुने धाराण राखेका थिए । कार्यक्रममा धनकुटा र पोखराका पर्यटन व्यावसायी सरोकारवालहरु उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖