भूकम्पमा परी रुकुमपश्चिममा बाहिरका तीन जनाको मृत्यु

त्रिवेणी (रुकुमपश्चिम), २० कात्तिक : रुकुमपश्चिममा भूकम्पमा परी तीन जना जिल्ला बाहिरका व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पमा जिल्ला बाहिरका तीन व्यक्तिको मृत्यु भएको हो ।

कामको सिलसिला रुकुमपश्चिमको आठबीसकोट नगरपालिकमा रहेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा दुई जना बर्दियाका र एक जना रोल्पाका व्यक्ति हुन् । मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क विक र बर्दियाकै ३६ वर्षीय अनिल विक रहेका छन् । उनीहरुको आठबीसकोट–१४ को छेपारेमा मृत्यु भएको हो । त्यस्तै रुकुमपूर्व बस्दै आउनुभएका रोल्पाका ३० वर्षीय किस्मत पुनमगरको पनि भूकम्पमा परी मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो

पुनमगर पुनःनिर्माण कम्पनीको गाडी चालक रहेका थिए । रुकुमपश्चिममा भूकम्पमा परी तीन जना जिल्ला बाहिरकासहित ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।