तिहारमा फूल पर्याप्त

महोत्तरी, २० कात्तिक : यसपाली तिहारमा बर्दिबास नगरक्षेत्रमा सयपत्री फूल पर्याप्त हुने भएको छ । बर्दिबास–६ स्थित बर्दिबास कृषि कार्यक्रमको नमुना कृषि गाउँ (मोडल एग्रो भिलेज) को प्लटमा प्रसस्त फूल फुलेपछि यहाँ फूल पर्याप्त हुने भएको हो । करिब एक बिघा (१९ कठ्ठा १० धुर) क्षेत्रफलमा सयपत्री ढकमक्क फुलेपछि फूल पर्याप्त हुने आँकलन गरिएको हो ।

नमुना कृषि गाउँको कूल ८४ बिघा क्षेत्रफलमध्ये व्यावसायिक कृषि प्रवद्र्धनका लागि छुट्याइएको साढे सात बिघा (सात बिघा १० कठ्ठा) क्षेत्रफलभित्र व्यावसायिक स्रोत संस्था सिलभर लाइन एग्रो प्रालिले यसपाली तिहार लक्षित फूलखेती गरेको हो । “यसपालिको तिहारमा यता ओरपरलाई हाम्रै उत्पादनको फूलले पुग्छ”, संस्थाका स्रोत व्यक्ति साधुरामसिंह बस्न्यात भन्नुहुन्छ । नगरक्षेत्रका सर्वसाधारणले पनि घरआँगनमा प्रसस्तै फूल लगाएका र नमुना गाउँमा उत्पादित फूलले यहाँको माग पूरा गर्ने बस्न्यातको भनाइ छ ।

“बस्तीबस्तीमा सर्वसाधारणले पनि फूल लगाएका छन्, हाम्रो प्लटमा पनि अहिले मज्जाले फूल फुलेको छ”, उहाँ भन्नुहुन्छ, “अब बर्दिबास मात्र नभएर वरपरका अन्य गाउँ/नगर बस्तीलाई पनि फूलका लागि बाहिरी बजारको मुख ताक्नु पर्दैन ।”

व्यावसायिक कृषि प्रवद्र्धनको प्लटमा अहिले ३४ हजार सयपत्रीका बिरुवामा फूल फुलेका छन् । आजदेखि फूल टिप्न थालिएको संस्थाले जनाएको छ । अब फूल टिप्ने, माला गाँस्ने र सुरक्षित भण्डारण गरेर लक्ष्मीपूजाका दिन वितरण थालिने बस्न्यातले बताउनुभयो । स्थानीय मागबाट उम्रने फूल र माला काठमाडौँ पठाइने तयारी गरिएको बस्न्यातको भनाइ छ ।

संस्थाले बर्दिबास नगरक्षेत्रका बासिन्दालाई नगर कार्यपालिकाको कार्यालयको समन्वयमा सुलभ मूल्य तोकेर फूलमाला उपलब्ध गराउने जनाएको छ । संस्थाले तिहार लक्षित ३० हजार माला बनाउने लक्ष्य राखेको छ । नमुना कृषि गाउँको व्यावसायिक कृषि प्रवद्र्धन कार्यक्रमलाई छुट्याइएको जग्गा बर्दिबास नगर कार्यपालिकाको कार्यालयले आधुनिक कृषिको अधिकतम विशेषतायुक्त प्रविधि प्रदर्शन, अध्ययन र परीक्षणका लागि सिलभर लाइन एग्रो प्रालिलाई २० वर्षे सम्झौताअनुसार उपलब्ध गराएको हो ।

संस्थाले कृषि प्रविधि प्रसारका लागि हरितगृह निर्माणको कार्य अन्तिम चरणमा पु¥याएको छ । यसभित्र अहिले १० कठ्ठा क्षेत्रफलमा १४ हजार काउली (कोभी) र छ हजार डच जेनिटिस जातका काँक्राका बिरुवा हुर्कदै छन् । अत्याधुनिक चिनियाँ कृषि प्रविधिअनुसार हरितगृह भवनभित्रै लगाइएका यी तरकारीको उत्पादनभने संयुक्त अरब इमिरेट्स (दुबई) र हल्याण्डको बजारमा पुग्ने स्रोतव्यक्ति बस्न्यातले जानकारी दिनुभयो ।

यसबाहेक हरितगृह भवनभित्रै विभिन्न जातका तरकारी नर्सरी, फ्रुट भेजिटेवल युनिटमा काँचै चपाएर खाइने सलाद प्रयोजनका तरकारी र १० कठ्ठा क्षेत्रफलमा खुला गोलभेडा खेती गरिएको छ । व्यावसायिक कृषि प्रवद्र्धन कार्यक्रमभित्रै छुट्टै १२ बिघा क्षेत्रफलमा माछा पोखरी निर्माणको योजना भए पनि यो काम भने विभिन्न अड्चनले अघि बढ्न नसकेको स्रोत संस्थाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।