सामाजिक सद्भाव र एकताका निम्ति एमालेको अभियान

काठमाडौँ : सामाजिक सद्भाव र एकतालाई बलियो बनाउने उद्देश्यले नेकपा(एमाले)ले मङ्सिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्गकेन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ गर्ने भएको छ ।

एमालेको आजको सचिवालय बैठकले राष्ट्रिय एकताको सवल आधार निर्माण गर्ने उद्देश्यले १५ दिने अभियान आयोजना गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले राससलाई बताउनुभयो ।

अभियान बैतडीको झुलजवाघाटबाट मध्यपहाडी लोकमार्गकेन्द्रित हुनेछ । बैतडीको झुलाघाटमा पार्टी अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर अभियानको प्रारम्भ गर्ने कार्यक्रम रहेको छ ।

उपमहासचिव ज्ञवालीले अभियानबाट पहाडबाट भइरहेको तीव्र बसाइँसराइँका कारणको पहिचान र समाधानको खोजी, सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवद्र्धनमा सहयोग, पार्टी स्थापनाको ७५औँ वर्ष समारोहमा संस्थापक महासचिव पुष्पलालको स्मृतिमा निर्मित लोकमार्ग केन्द्रित अभियानबाट इतिहास र अग्रजहरूको सम्मान, राष्ट्र सबल र समृद्ध बन्छ भन्ने आत्मविश्वासमा अभिवृद्धि, जनसम्बन्ध विस्तार र जनगुनासो एवं जनताका सुझाव सङ्कलन र स्थानीय सम्बन्ध तथा राष्ट्रिय सन्देश मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖