उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

काठमाडौँ, २३ कात्तिक : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै छ । आज दिउँसो देशको तराईका भूभागमा मौसम सामान्यतया सफा रहने तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तराई भूभागमा मौसम सामान्यतया सफा रहेको र पहाडी भूभागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

अहिले काठमाडौँको वायुको तापक्रम १४ डिग्री सेन्टिग्रेड तथा पारदर्शिता छ किलोमिटरभन्दा धेरै रहेको मौसमपूूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँमा अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेन्टिग्रेडका बीचमा रहने तथा काठमाडौँमा दिउँसोपछि आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद् झाले बताउनुभयो ।

आजराति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।