झापाका कैदीबन्दीद्वारा भूकम्पपीडितलाई सहयोग

झापा, २४ कात्तिक : झापा जिल्ला कारागारका कैदीबन्दीले जाजरकोट र पश्चिम रूकुमका भूकम्पपीडितको सहयोगार्थ आधा दिनको सिदा रकम प्रदान गरेका छन् ।

कैदीबन्दीका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा आज रु ५८ हजार ६ सय ८५ जम्मा गरिएको कारागार प्रमुख मोहन पनेरुले बताउनुभयो ।

कैदीबन्दीले दैनिक सिदाबापत रु ८० पाउँछन् । त्यसमध्ये आधा रकम भूकम्पपीडितलाई सहयोग दिइएको हो । झापा कारागारमा हाल एक हजार पाँच सय ६० जना कैदीबन्दी रहेका छन् । यसैगरी, विर्तामोड नगरपालिकाले भूकम्पपीडितको सहयोगार्थ रु पाँच लाख सहयोग गरेको छ । नगर कार्यपालिकाको बैठकले निर्णय गरेपछि उक्त सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा जम्मा गरिएको नगरप्रमुख पवित्रा महतराले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।