रोल्पा क्रान्ति, शान्ति र निर्माणको प्रतीक : प्रधानमन्त्री

रोल्पा, २४ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पा क्रान्ति, शान्ति, निर्माण र पुनःनिर्माणको प्रतीक भएको बताउनुभएको छ ।

आज रोल्पा अस्पतालको भवन उद्घाटनको क्रममा प्रधानमन्त्री दाहालले पछिल्लो परिवर्तनको मियो रोल्पा विकासका दृष्टिले पछि रहे पनि विस्तारै विकासको मूल प्रवाहमा प्रवेश गर्न लागेको बताउनुभयो । हिजो पूर्वाधार, शिक्षालगायतका क्षेत्रमा पछि परेको रोल्पा अब विकासमा गति अगाडि बढेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

अस्पताल भवन राम्रो र आधुनिक रहे पनि जनशक्ति र अन्य स्रोत साधनको अभाव रहेको बताउँदै जनशक्तिका लागि आफू काठमाडौँ फर्केलगत्तै स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी जनशक्ति व्यवस्थापन गर्ने उहाँको भनाइ थियो । प्रधानमन्त्री दाहालले आफूले चीन भ्रमणका क्रममा फलफूल र जडीबुटीसम्बन्धी परियोजनामा पनि सम्झौता भएको बताउँदै उक्त परियोजना रोल्पामा सञ्चालन गर्ने बताउनुभयो ।

रोल्पा नगरपालिका–२ रेउघामा नवनिर्मित भवन ५० श्यया क्षमताको छ । आजै प्रधानमन्त्री दाहालले रोल्पाको थवाङ खोलामा नवनिर्मित पक्की पुलको पनि उद्घाटन गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।