‘पश्चिमी संस्कृतिले नेपाली संस्कृति सङ्कटमा पर्‍यो’

गण्डकी, ६ मङ्सिर :नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय संस्कृति अध्ययन केन्द्रद्वारा आयोजित दुई दिने गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठीमा पश्चिमी सस्कृति र सभ्यताको प्रभावले नेपाली प्राचीन मौलिक संस्कृति सङ्कटमा पर्दै गएकामा चिन्ता व्यक्त गरिएको छ । जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको संयोजन, पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्य तथा गण्डकी प्रदेशका विभिन्न संस्थासँगको समन्वयमा गरिएको सो संगोष्ठीमा वक्ताले पश्चिमी संस्कारको प्रभावले आफ्नै विद्यार्थी र छोराछोरी राष्ट्रियताप्रति विमुख हुँदा प्राचीन संस्कृति सङ्कटमा परिरहेको उहाँहरुको भनाइ थियो ।

यही मङसिर ४ र ५ गते सम्पन्न सम्पन्न सो संगोष्ठीमा नेपाली वाङ्मयसम्वद्ध विभिन्न सातवटा गोष्ठीपत्र प्रस्तुत गरिएको थियोे । कार्यक्रममा प्रा डा माधवप्रसाद पोखरेलले ‘गण्डकी प्रदेशमा बोलिने भाषाको अवस्था’, प्रा डा कुसुमाकर न्यौपानेले ‘गण्डकी प्रदेशको सङ्गीत’, प्रा डा ज्ञानबहादुर कार्कीले ‘स्याङ्जाका चारकोटको चिनारी र ऐतिहासिकता’, प्रा डा जगन्नाथ रेग्मीले ‘पर्वत, मोदी र बेनीको महत्व’, डा शान्ता खत्रीले ‘कुमाल जातिको परम्परागत संस्कृति र पेसामा भएको परिवर्तन’, लक्ष्मण श्रेष्ठले ‘पोखरेली गाईजात्रा परम्परा र लोक प्रचलन’ शीर्षकमा गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो । अतिथि प्रस्तोताका रूपमा डा गोविन्द आचार्यले ‘देउखहर्या थारू समुदायको वालवाली गुरही टिउहार’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्नुुभएको थियो ।

कार्यक्रमका वक्ताले यस्ता कार्यक्रमले नेपालमा प्रचलित संस्कार, संस्कृति, भाषा, कला, इतिहास तथा पुरातत्वको संरक्षण एवम् प्रवद्धन गरी राष्ट्रिय एकतालाई सुदृढ तुल्याउने धारणा राख्नुुभयो । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले विविधतायुक्त समाजका विविधतालाई कायम गर्दै मौलिक संस्कृतिको जगेर्ना आजको आवश्यकता भएको धारणा राख्नुुभयो ।व्यवहारिक शिक्षा आजको आवश्यकता भए पनि हाम्रो संस्कार र संस्कृति बच्यो भने मात्र हाम्रो स्वाभिमान बच्ने उहाँले बताउनुुभयो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले नेपाली संस्कृतिको अभिन्न अङ्ग साहित्य भएकाले हाम्रो प्राचीन साहित्य कसरी पुर्नलेखन भएको छ त्यसमा ध्यान जान आवश्यक भएको उल्लेख गर्नुुभयो ।नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष एवम् नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका अध्यक्ष प्रा डा भीमप्रसाद खतिवडाले विश्व बन्धुत्व हराएको बेला हाम्रा संस्कार संस्कृति पुस्तान्तरण नभएकोमा चिन्ता व्यक्त गर्दै समाजमा सांस्कृतिक सन्तुलन र पुस्तान्तरणका लागि व्यवहारिक शिक्षा आवश्यक भएको बताउनुुभयो ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा जर्मन चौधरी, गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, स्वतन्त्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष असफल गौतम लगायतले कला संस्कृतिको जगेर्ना राज्यको दायित्व भएको बताउनुुभयो ।

कार्यक्रमका संयोजक जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले गोष्ठीपत्रलाई प्राप्त भएका सुझावलाई समेटेर तिनको सम्पादनसहित प्रकाशन गरिने जानकारी दिनुुभयो । संगोष्ठीको उद्घाटन सत्रमा नेपाल पुन मगर समाज अर्चलबोटका कलाकारको जातीय पहिचान झल्काउने पुख्र्यौली नृत्य प्रदर्शन गरिएको थियो भने समापन सत्रमा गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङले मेरो टोपी शीर्षकको गीतमा नृत्य प्रस्तुत गर्नुुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।