‘बाज उडिरहेको छ भने बाण हान्ने हो, आँखा चिम्लिने होईन’:महेश बस्नेत

काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले राष्ट्रिय युवा संघसँग टक्कर दिन खोज्नेले ठक्कर खाएर फर्किन पर्ने बताए ।

आज (शुक्रबार) युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले युवा संघसँग निहुँ नखोज्न चेतावनी दिएका हुन् । उनले युवा संघले राजतन्त्रको भूत पन्छाउने काम गरेको बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रका कयौं कमीकमजोरी रहेपनि यसको विकल्प रातन्त्र हुन नसक्ने उनले बताए । प्रक्रियावादीहरु सल्बलाइरहेको बेला एमाले र युवा संघ नेपाल सडकमा उत्रिदा कांग्रेस, तरुण दल र वाइसिएल दुलोभित्र पसेको उनले टिप्पणी गरे ।

अब युवा संघको अभियान झापाबाट सुरु हुने उनले उद्घोष गरे । अब युवा संघले झापाबाट धुप बाल्ने उनले बताए । उनले दुर्गा प्रसाईँतर्फ लक्षित गर्दै बाज उडिरहेको छ भने युवा संघ आँखा चिम्लिएर नबस्ने बरु त्यसको प्रतिकारमा बाण हान्ने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।