खोटाङको साकेलामा पोखरीमा डुबेर बालिकाको मृत्यु
खोटाङ, मंसिर ११ । खोटाङको साकेला गाउँपालिका- २ स्थित माछा पोखरीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ ।
हिजो दिउँसो साढे १ बजे बिरधन राईको ३० महिनाकी छोरी आरिमा राई बराहपोखरी गाउँपालिका- ६ स्थित मामा घरमा बस्दै आएकोमा घर नजिकै रहेको माछा पोखरीमा खेल्दै जाने क्रममा पोखरीमा डुबेको अवस्थामा स्थानीयाले देखि उद्धार गरेर उपचारको लागि साकेला आधारभुत अस्पताल लागेकोमा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


