आठपहरिया राई जातिको मुख्य चाड वाडाङ्गमेट धुमधाम संग मनाइदै
धनकुटा,१२ मंसिर । धनकुटा जिल्लामा मात्र मुख्य बसोबास रहेको आठपहरिया राई जातिको मुख्य चाड वाडाङ्गमेट यहाँका आठपहरिया राईहरुले धुमधाम मनाई रहेका छन् ।
१५ दिन सम्म मनाईने यस चाडमा पितृको संम्झना गर्दै मनाइन्छ । धनकुटा नगरपालिकाको सान्ताङ्ग, बेलाहारा, छारागाउँ भीरगाउँ लगायत आठपहरीया बस्तीहरुमा यो पर्व मनाइ रहका छन् ।
यस पर्वमा बर्षदिन भरि आफन्त गुमाएका परिवारले शुद्धिशान्ति गर्ने, परिवार चोखिने र नाचगाँन गर्ने चलन समेत रहेको छ । यस चाडमा धनकुटा देखि हिड्दै बराहक्षेत्रमा गएर नुहाउने तथा परिवारका सदस्यको मृत्यूको पिडा कोकाहा खोला र तमोरमा बगाउने समेत गरिदै आइएको छ ।
यस चाडको अवसरमा धनकुटा नगरपालिकाले नगरपालिका भित्र २ दिन सार्वजनिक विदा समेत दिएको छ ।



