तीन दिनदेखि अवरुद्ध मनमोहन गान्धी मार्ग सञ्चालन

पथरी (मोरङ), १५ मङ्सिर : मङ्सिर १२ गतेदेखि अवरुद्घ भएको मनमोहन गान्धीमार्ग आजदेखि सञ्चालनमा आएको छ । तीन वर्षमा काम सम्पन्न गर्ने गरी विसं २०७६ कात्तिकमा उक्त सडक निर्माणको सम्झौता भएकामा समयमै काम सम्पन्न नभएपछि स्थानीयले बाटो अवरुद्ध गरेका थिए । अवरुद्ध मार्ग वडाध्यक्षको पहलमा आजदेखि सञ्चालनमा आएको हो ।

विसं २०७६ कात्तिकमा सम्झौता भएकामा निर्माण कम्पनीले काम नगरेपछि स्थानीयले पटक–पटक दबाब दिँदै आएका थिए । विसं २०८० कात्तिकमा म्याद थप गरे पनि काम सुरु नभएपछि स्थानीयले बाटो बन्द गरेका हुन् ।

एक अर्ब ५५ करोड ७३ लाखमा ठेक्का

निर्माण कम्पनीले स्थानीयको मागअनुसार काम सुरु गर्ने भएको छ । स्थानीयले पथरी शनिश्चरेको तीन स्थानमा बाटो अवरुद्ध गरेपछि स्थानीयवासी, प्रहरी प्रशासन, ठेकेदार कम्पनीका प्रतिनिधि र वडाध्यक्षबीचको वार्ता भएसँगै सडक सञ्चालनमा आएको वडाध्यक्ष लोककिरण न्यौपानेले बताउनुभयो ।

लामो समयदेखि हिलो, धुलो र खल्डाखुल्डीबाट सास्ती भोग्दै आएका स्थानीयले चाँडो बाटो बन्नुपर्ने माग राखेका थिए । आज त्रिपक्षीय वार्ताबाट दुई दिनभित्र काम सुरु गर्ने सहमति भएसँगै बाटो खुलेको उहाँले बताउनुभयो ।

वार्तामा पथरी शनिश्चरे–४ का वडाध्यक्ष न्यौपाने, वडा नं ८ का नवीन कार्की र वडा नं ९ का वीरबहादुर राई, ठेकेदार कम्पनीका प्रतिनिधि दीपक थिङ तामाङ, इलाका प्रहरी कार्यालय पथरी, सशस्त्र प्रहरी शनिश्चरे र स्थानीयको सहभागिता थियो ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।