पाख्रीबास नगरपालिकामा सरकारी सवारी साधनको दुरुपयोग विरुद्द माओवादी केन्द्र नगर कमिटिले बुझायो ज्ञापन पत्र
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा विदाको दिन पनि सरकारी सवारी साधनको दुरुपयोगलाई रोक्न ज्ञापन पत्र बुझाएको छ ।
नेकपा(माओवादी केन्द्र) पाख्रिबास नगर कमिटिद्वारा आज नपाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र सुवेदीलाई उक्त ज्ञापन पत्र बुझाइएको हो ।
ज्ञापन पत्रमा भनिएको छ – पाख्रीबास नगरपालिकाको अधिनमा रहेका सवारी साधनहरु विदाको समयमा ब्यापक रुपमा दुरुपयोग भइरहेको सर्बसाधारणबाट जानकारीमा आएको र हाम्रो पार्टीले पनि अनुगमन गर्दा सो सत्य सावित हुन गएकोले व्यक्तिगत काममा नगर पालिकाका कुनै पनि सबारी साधनको प्रयोग आगामी दिनमा नगरपालिकाले नगरोस भन्ने हेतुले यो ज्ञापन पत्र पेश गरेका छौ ।
आजको मितिबाट १५ दिनभित्र यो विषय सम्पूर्ण नगरपालिकाका सम्बन्धित ब्याक्तिहरुलाई जानकारी गराई कार्यान्वयनमा ल्याउनका लागि अनरोध गर्दछौ ।
यो विषय कार्यान्वयन नभए हाम्रो पाटीले दुरुपयोग भएको अवस्थामा सवारी साधन नियन्त्रणमा लिने र यसको जवाफदेही नगरपालिका नै हुने जानकारी गराउछौ।



