झापामा मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु

बिराटनगर, मंसिर १८ । झापाको मेचीमगर नगरपालिका-१३ लोकमार्ग स्थितमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन ।

हिजो राती साढे ११ बजे फुलवासा पुलमा प्रदेश १-०१-०१६ प ७६४९ र प्रदेश १-०३-००१ प २६५३ नम्वरको मोटरसाईकल अनियन्त्रित भई पुलमा ठक्कर लागि दुर्घटना हुदा मोटरसाईकलमा सवार ३ जना घाईते भई उपचारको लागि अस्पताल लगिएकोमा मोटरसाईकल चालक झापा गाउँपालिका-३ का २० बर्षीय मनिस बासकोटालाई B&C अस्पताल बिर्तामोड पुर्‍याउन साथ चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो ।

अर्को मोटरसाईकल चालक झापा गाउँपालिका-३ का २० बर्षीय सौरव बासकोटाको सोही अस्पतालमा र पछाडि सवार सोही स्थानका २४ बर्षीय सुमन पौडेलको मनकामना अस्पताल चारआलीमा उपचार भईरहेको छ । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।