धनकुटामा एक वर्षको अवधिमा १ सय वटा मानवअधिकार उल्लघंनका घटना भएको इन्सेकको तथ्याङ्क
धनकुटा,२४ मंसिर । धनकुटामा मानव अधिकार उल्लघंनका घटनाहरु वृद्धि भएको पाईएको छ । आईतबार मानव अधिकार बर्ष पुस्तक २०२४ का लागी अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार गरेको वार्षिक प्रतिबेदनले धनकुटामा मानव अधिकार उल्लघनका घटनाहरु वृद्धिल भएको पाईएको हो ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व वार्षिक समिक्षा कार्यक्रममा धनकुटामा एक वर्षको अवधिमा १ सय वटा मानवअधिकार उल्लघंनका भएको इन्सेकको तथ्याङ्कले देखाएको छ । इन्सेकको तथ्यांक अनुसार १ सय घटनामा १ सय ३ जना पिडित भएको उल्लेख छ ।
इन्सेकको तथ्यांक अनुसार ४ जनाकोे हत्या, झडपमा २ जना घाइते, कुटपिट १ जना, मोसो दलेर २ जनामा दुव्र्यवहार, घरेलु हिंसा ७३ जना, ५ बालिका सहित १४ जना बलात्कृत, बाल यौन दुव्र्यवहार १ जना पिडित भएका छन् ।
त्यस्तै बालविबाह १ जना, बोक्सीको आरोप १ जना, भौतिक संरचनामा क्षति हुँदा २ पिडित, सार्वजनिक सेवाबाट बञ्चित १ जना र श्रमको हकबाट १ जना पिडित बनेको इन्सेक प्रतिनिधी ईश्वर थापाले बताउनु भयो ।
धनकुटामा गत वर्ष ७५ वटा मानवअधिकार उल्लंघनका घटनामा ७५ जना पिडित भएको पनि थापाले बताउनु भयो । धनकुटामा यसवर्ष घरेलु हिंसा र बलात्कारका घटनामा वृद्धि भएको थापाले बताउनु भयो ।
कार्यक्रममा पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले सबैले आफ्नो जिम्मेवारी पुरा गरेको खण्डमा मानव अधिकारको रक्षा गर्न सहज हुने बताउनु भयो । इन्सेकले गरेको अभिलेखीकरणले समाजमा मानव अधिकारको अवस्था के कस्तो छ भन्ने चित्रण गरेको उहाँले बताउनु भयो ।
त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, उपप्रमुख सावित्रा राई, धनकुटा नगरपालिकाकी उपप्रमुख भीमा खनाल, धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेब रायामाझी, जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर अनिलकुमार शाह, नेपाली कांग्रेश धनकुटाका सचिवविजयसन्तोषी राई, नेकपा एमाले धनकुटाका कार्यालय सचिब नैन विश्वकर्मा, नेकपा माओवादी केन्द्र धनकुटाका प्रदेश कमिटि सदस्य विष्णुमाया कन्दङ्वा, राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटा संयोजक बालानन्द दाहाल, जनता समाजवादी पार्टी धनकुटा सचिब डम्बर कटुवाल, उद्योग वाणिज्य संघ धनकुटा वरिष्ठ उपाध्यक्ष तारा तितुङ, महिला पुनस्थापना सेवा केन्द्रकी सदस्य शुक्रि राई, हुसाडेक नेपालका सचिब खेमराज थापा, नेपाल आदिवासी जनजाति महासंघ धनकुटा अध्यक्ष सञ्जयसन्तोषी राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज प्रदेश अध्यक्ष सन्तविर लामाले मानव अधिकार उल्लंघनका घटनामा कमी ल्याउन सबैको पहल आवश्यक रहेको बताउनु भयो ।


