अपडेट : धनकुटामा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु,एक गम्भीर घाईते
धनकुटा । धनकुटामा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएकोछ भने एक जना गम्भीर घाईते भएका छन् ।
आईतबार साँझ जिल्लाको पाख्रीवास नगरपालिका वडा नं ५ पञ्चेमा भएको दुर्घटनामा परि ट्याक्टर चालक तेह्रथुमको छथर गाउपालिका वडा नं १ का वर्ष २८ का दूर्गा वहादुर विक को मृत्यु जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
दुर्घटनापछि प्रहरी सहितको टोलीले उनिहरुलाई उद्वार गरि उपचारको लागि जिल्ला अस्पताल धनकुटा ल्याएकोमा विक लाई राती १०:४० मा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घाईते हुनेमा ट्याक्टरका सहचालक धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ६ का वर्ष १९ का निर्मल कटुवाल रहेका छन् । उनलाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको छ ।
तेह्रथुमबाट भोजपुर तर्फ जाँदै गरेको प्र १-०२-००३ त १६६३ नं ट्याक्टर आईतवार साँझ दूर्घटना भएको थियो ।


