तेह्रथुमको बसन्तपुरमा आयोजना हुने कार्यक्रमका लागि धनकुटा बाट ५ हजार नेता कार्यकर्ता समेत सहभागी

धनकुटा,२६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको संमृद्धिका लागि संकल्प यात्रा २०८० अन्र्तगत धनकुटामा गरिने कार्यक्रमका बारेमा आज नेकपा एमाले धनकुटा प्रचार विभागले पत्रकार संम्मेलन गर्दै जानकारी गराएको छ ।

मंसिर २८ गते यात्रा भोजपुर हुदै धनकुटा प्रवेश गर्ने र त्यस क्रममा जिल्लामा हुने कार्यक्रमका बारेमा जानकारी गराइएको हो । जस अनुसार लेगुवा, पाख्रिवास, हिले , जोरपाटी र सिंधुवा बजारमा पाटी अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरु लाई स्वागत, विभिन्न बिषयमा अन्र्तकृया, धनकुटा सहित पहाडी क्षेत्रको संमृद्धिका लागि गर्नु पर्ने कामको बिषयमा ज्ञापन पत्र बुझाउने लगायतका कार्यक्रम तय भएको नेकपा एमाले धनकुटाका अध्यक्ष इन्द्रमणी पराजुलीले जानकारी गराउनु भयो ।

साथै उहाँले पहिचानवादीको नाममा एमालेको कार्यक्रम लाई बिथोल्ने भन्दै जिल्लामा चिनिएका पत्रकार र प्रतिष्ठित व्याक्तिहरुले गरि रहेको काम ज्यादै निन्दनिय भएको समेत बताउनु भयो । यसले समग्र पत्रकारिता क्षेत्र लाई नै लज्जित बनाएको पार्टीले ठहर गरेको छ पराजुलीले भन्नु भयो । उहाँले संमृद्धिका लागि संकल्प यात्रालाई सबै पक्षबाट सोचे भन्दा बढी सहयोग र साथ मिलेको भन्दै धनकुटामा समेत कार्यक्रम सफल हुने बताउनु भयो ।

तेह्रथुमको बसन्तपुरमा आयोजना हुने कार्यक्रमका लागि धनकुटा बाट ५ हजार नेता कार्यकर्ता समेत सहभागी हुने समेत जानकारी दिनु भयो ।

पत्रकार संमेलनमा एमाले नेताहरु निरन राई, शिव आङ्गला, निरेन तामाङ्ग,बलदिप राई, भीम राई, तारा तितुङ्ग, लगायत नेताको उपस्थिती रहेको थियो भने पत्रकार संम्मेलनको अध्यक्षता नेकपा एमाले धनकुटाका प्रचार विभाग प्रमुख नैन विश्वकमाले गर्नु भएको थियो भने कार्यक्रमको संचालन प्रेस चौतारी नेपाल धनकुटाका अध्यक्ष रविन कट्टेलले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।