धनकुटा पुग्यो एमालेको संकल्प यात्रा

धनकुटा । नेकपा एमालेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आज धनकुटा आइ पुगेको छ ।

संकल्प यात्रा अन्तर्गत १५औं दिनको यात्रा गरिरहेको अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमालेको टोली आज भोजपुरको पौनादुंग्मा हुंदै धनकुटा पुगेको हो ।

धनकुटाको पाख्रीबास नगरपालिकाको लेगुवाघाटमा संकल्प यात्रालाई भव्य स्वागत गरिएको छ । एमालेका नेता-कार्यकर्ता, शुभचिन्तक र स्थानीयले टोलीले भव्य स्वागत गरेका हुन् ।

अध्यक्ष ओलीसहितको टोलीले त्यहाँ ज्येष्ठ नागरिकहरूसँग भेटघाट गरेपछि पाख्रीबासका लागि प्रस्थान गरिसकेका छन् । टोलीले पाख्रिबासमा कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकहरूसँग कृषिको सम्भावना र चुनौतीका विषयक अन्तरक्रियामा सहभागी हुने र त्यसपछि हिले,सिंधुना हुंदै बसन्तपुर प्रस्थान गर्नेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।