एमालेले एकल बहुमत पुर्‍याएर सरकार सञ्चालन गर्छ : अध्यक्ष ओली

पाँचथर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ मा हुने निर्वाचनबाट एमालेले एकल बहुमत पुर्‍याएर सरकार सञ्चालन गर्ने दाबी गर्नुभएको छ ।

पाँचथरको फिदिममा झुलाघाट चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा, २०८० को बहृत् जनसभालाई आज सम्बोधन गर्दै उहाँले उक्त दाबी गर्नुभएको हो ।

अध्यक्ष ओलीले अब भाँडाकुटी खेलजस्तो हाडाभाँडा बुटुलेर सरकार सञ्चालन गर्दा जनताले आहातमात्रै पाउने भन्दै अब मिसन–८४ नै सञ्चालन गरी एमालेले एकल बहुमत पुर्याएर सरकार सञ्चालन गर्ने बताउनुभयो ।

पूर्व प्रधानमन्त्री ओलीले सडकबाट कराएर मात्रै आफ्ना माग पूरा गर्न नसकिने बताउँदै विमतिका बीचमा पनि सहमति खोज्न कोशी प्रदेशविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई आग्रह गर्नुभयो ।

यस्तै उहाँले तमोर जलासयबाट बृहत् हाइड्रो निर्माण गरी मुलुकलाई उज्यालो बनाउनुपर्ने र नेपालमा खपतपश्चात उभ्रिएको विद्युत् विदेश निर्यात गर्नुपर्ने तर सरकारले गर्न नसकेको प्रति दुःख व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले भोलि बिहान पाँचथरको चिवाभन्ज्याङ पुगेर झण्डोत्तलन गर्ने कार्यक्रम छ ।–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।