धनकुटा सहिदभूमिका एक जना सहित प्रतिवन्धित लागुऔषध सहित ४ जना पक्राउ

बिराटनगर, पौष १ । झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर, निषेधित औषधी र गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो झापाको बिर्तामोड नगरपालिका-१ स्थित बसपार्कमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचीनगर नगरपालिका-१२ का ३० बर्षीय राजु बिश्वकर्मा र इलाम नगरपालिका-१ का २० बर्षीय दिपक दहाल समेतलाई २८ ग्राम ३७० मिलि ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

यसै गरी बिराटनगर-१५ स्थितमा भारतबाट नेपाल आउदै गरेका इटहरी-५ सुनसरीका २३ बर्षीय रोहन गुरुङलाई लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलीले चेकजाँच गर्दा उनको साथबाट निषेधित औषधी २३ एम्पुल सहित नियन्त्रणमा लिएको हो ।

सोही दिन अस्थायी प्रहरी पोष्ट बिष्णुपादुका सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले धरान-२० स्थितमा चेकजाँचको क्रममा को.२६ प २१३७ नम्वरको मोटरसाईकलमा ९ किलोग्राम गाँजा फेला परेकोले मोटरसाईकल चालक धनकुटा शहिदभूमी-१ का ४० बर्षीय रमेश राई समेतलाई पक्राउ गरेको हो । प्रतिवन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।