भेडेटारमा फुड फेस्टिबल सुरु

धनकुटा । कोशी प्रदेशको प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा तीन दिने एघारौँ भेडेटार खाना महोत्सव (फुड फेस्टिबल) सुरु भएको छ।

अंग्रेजी नया वर्षको अवसरमा होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा फेस्टिबल सुरु भएको हो। फेस्टिबलको उद्घाटन गर्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेतीले भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले यहाँको पर्यटन प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्ने बताउनु भयो।

तीन दिनसम्म सञ्चालन हुने फेस्टिबलमा कृषि प्रदर्शनी, जातीय मौलिक खानाका परिकार, हस्तकला घरेलु उत्पादन, फूल, नर्सरी, परम्परागत सांस्कृतिक झाँकी, माउन्टेन बाइक, प्याराग्लाइडिङ, स्थानीय तथा राष्ट्रिय कलाकारको सांस्कृतिक कार्यक्रम सहित जिपलाइन, स्काइ बृज र माउन्टेन बाइकलगायतका साहसिक खेल पर्यटनका गतिविधिसमेत हुने भएका छन्।

यस्तै राई, लिम्बू, मगर, गुरुङ, याम्फू, तामाङ, नेवारीलगायतका जातिका मौलिक खानाका परिकारसहित नयाँ पर्यटकीय गन्तव्यको पहिचानमा फेस्टिवल केन्द्रित रहेको छ। उत्सवमा स्थानीय दर्जन बढी धार्मिक तथा पर्यटकीय स्थल पहिचान र प्रवर्धन गरी घुम्ने वातावरण तयार गरेको एसोसियसनका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिनुभयो। विभिन्न जातीय परिकारका स्टल, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादन गरी १५ स्टल रहेका छन्।

फेस्टिबल अवधिमा भेडेटार धरान प्याराग्लाइडिङ, मूलघाट (चतरा र्या‍फ्टिङ, नमस्ते झरनामा क्यानोनोइङ, साइक्लिङ, ध्वजेडाँडाबाट सूर्योदय हेर्ने प्याकेजिङ, राजारानी तालमा बोटिङजस्ता पर्यटकीय गतिविधि सञ्चालन हुनेछन्। फेस्टिबलमा करिब ३० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ। भेडेटार आउने विदेशी पर्यटकमा सबैभन्दा धेरै भारतीय हुन्छन्। नयाँ वर्षमा भारतीयको बिदा हुने भएकाले तिनलाई भेडेटारमा आकर्षित गर्न फेस्टिबल आयोजना गरिएको हो। धरान र धनकुटाको पर्यटन प्रवद्र्धनमा भेडेटारको मुख्य भूमिका रहेकाले यसको थप प्रचार गर्न फेस्टिबल आयोजना गरिएको हो।

उद्दघाटन कार्यक्रममा भेडेटारको प्रचारमा सहयोग गरेको भन्दै नेपाल टेलिभिजन धनकुटा संवाददाता विदुर खवास र प्रबोध साप्ताहिक धरानकी सम्पादक जमुना श्रेष्ठलाई सम्मान गरिएको छ। सो अवसरमा धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ राई, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले भेडेटारको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो।-एचआर न्यूजको सहयोगमा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।