पाख्रिबासको संसारी माइस्थान सिमसार क्षेत्र ! जहां दिउंसै मानिस पुग्न डराउंथे , अहिले बन्यो आकर्षणको केन्द्र(भिडियो सहित)

धनकुटा । हरियाली चिया बगान, बगानको बीचमा स्वच्छ र सफा पोखरी, चिटिक्क परेका रंगीन घरहरु, संगै रहेका विभिन्न मूर्तिहरु, नजिकै प्रतिकात्मक हवाइजहाज, वरीपरी पिकनिक खाने तथा घुम्न आउने पर्यटकको घुइचो ।

यो धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर ४ स्थित संसारी माइस्थान सिमसार क्षेत्रको अहिलेको परिचय हो । यी संरचनाले अहिले यहाँ जो कोहीको मन सजिलै लोभ्याउछ । धनकुटाको पाख्रिवास बजार नजिकै रहेका संसारी माइस्थान सिमसार क्षेत्र अहिले चर्चा र पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

पाख्रिवास बजारवाट करीब ५ सय मिटर तल रहेको सो स्थानमा जगंल र झाडिका कारण केहि बर्ष अघि सम्म मानिसहरु दिउसै हिहडुल गर्ने डराउथे । अहिले भने सो क्षेत्र पाख्रिबासकै मुख्य पर्यटकिय गन्तब्य बनेको छ ।

तर एक दशक अघि सम्म यो स्थानको परिचय फरक थियो । जताजतै झाडिनै झाडि, बिचमा दलदल, नजिकै मृतक ब्याक्तिहरु जलाउने स्थान । त्यतिबेला बाहिर बाट आएका ब्याक्ति त टाठाको कुरा स्थानिय समेत सो स्थानमा पुग्न डराउथे तर एक दशकको अबधिमा सो स्थानमा निक्कै परिबर्तन भएको छ । जंगलमात्र रहेको तथा दिउसौ जो कोही जान डराउने सो स्थानमा ,यतिबेला भने पर्यटकहरु भरिभराउ देखिने गरेका छन् । पहिले दिउसै पुग्न डर लाग्ने गरेको भएपछि अहिले दिनमा एक पटक सो स्थानमा पुगेर रमित नहेरी मनै नमान्ने स्थानिय श्याम प्रकास राई बताउनु हुन्छ ।

लामो समय सम्म उपेक्षामा परको यो क्षेत्र स्थानिय ब्यक्तिको सक्रियता तथा बिभिन्न दाताको सहयोगमा आफ्नो रुप फेर्ने सफल भएको हो । स्थानियवासी तथा पाख्रिवास नगरपालिकाका मेयर ज्ञान बहादुर गुरुङको अगुवाइमा यहाँ पर्यटकिय स्थल निर्माणको कार्य सुरु भएको थियो । काम गदै जादा एक राम्रो पर्यटकिय स्थल बनाउन सकिन्छ भन्ने लाग्यो र बिभिन्न सहयोगि संस्थाको सहयोगमा यो आकर्षक पर्यटकिय स्थल बनेको छ । “सुरुमा त पानीको लागि ड्याम बनाउने भनेर मात्र काम सुरु गरेका थियौ पछि ड्याम निर्माण गरेपछि बोटिङ गर्न सकिन्छकी भन्ने लाग्यो त्यो पछि मात्र पर्यटकिय स्थल निर्माण गर्न सकिने रहेछ भनेर बिभिन्न संस्था सग सहयोमा मागेर यत्तिको बनायौ” गुरुङ भन्नु हुन्छ ।

हाल सम्म यहाँ जिल्ला भु-संरक्षण कार्यालयको २९ लाख, कोशी प्रदेश सरकारको ५४ लाख, संघिय सरकारको ९० लाख, पर्यटन बिभागको ३० लाख, पाख्रिवास नगरपालिकाको ११ लाख र शहरी बिकासको ५ लाख गरि कुल २ करोड १९ लाख रुपैया खर्च गरिएको छ । जसवाट तिन वटा पोखरी, २७ फुट अग्लो बुद्धको मुर्ती, २५ फुट अग्लो शिवको मुर्ती, बिभिन्न चराचुरुङ्गी, जनाबर तथा हनुमान, नाग आदीको मुर्ति निर्माण गरिएको छ ।

त्यस्तै पाच स्थानमा पिकनिक स्पोर्ट, बरीपरि फुल बगैचा, बाल उद्यान तथाबन्यजन्तु र बन्य पंक्षिको प्रदर्शनी घर निर्माण गरिएको छ । सो क्षेत्र सम्म पुग्न दुबै तर्फवाट सडक निर्माण गरिएको छ । त्यस्तै ८० फुट लामो प्रतिकात्मक बिमान निर्माण गरिएको छ । जसले पर्यटकलाई निक्कै आकर्षित गरिरहेका छन् । घुम्न आउने ब्यक्तिहरु फरक अनुभुति दिने बताउछन् । अन्य स्थान भन्दा यो स्थान निक्कै आकर्षक रहेको बिद्यार्थी धनकुटा बहुमुखी क्याम्पसका बिद्यार्थी सुवास खनाल बताउनु हुन्छ । “अन्य स्थान भन्दा यो फरक र आकर्षक छ एकै पटकमा धेरै कुराको अनुभुती गर्न पाईन्छ जस्तै चियाबारी, बोटिङ, बिभिन्न आकर्षक मुर्ति, बिमान आदि” खनाल भन्नु हुन्छ ।

धनकुटा सहित झापा मोरङ, सुनसरी, भोजपुर, तेह्थुम सहित बिभिन्न स्थानवाट पर्यटकहरु सो स्थानमा आउने गरेको स्थानिय बताउछन् । यो स्थान बिद्यालयय वाट भ्रमणमा आउने, धनकुटा घुम्न आउनेको मुख्य रोजाइमा पर्न थालेको छ । अहिले बिदाको दिन दैनिक पाँच सय बढि तथा अन्य एक सय भन्दा बढि पर्यटक आउने गरेका छन् । स्थानिय ज्ञान बहादुर गुरुङ, बिदुर न्यौपाने, तिल कुमारी मानन्धर, प्रेम गुरुङ र श्रीमदु भागवद् संघले सो पर्यटकिय स्थल निर्माणको लागि जग्गा प्रदान गर्नु भएको छ ।

अझै सहयोग जुटाउन सकेमा सो स्थानलाइ अझै आकर्षक स्थल बनाउने लक्ष्य रहेको छ । अव भने बिमानमा सेमीनार हल, थप आकर्षक बिभिन्न मुर्तिहरु बनाउने लक्ष्य रहेको संसारी माईस्थान सिमसार संरक्षण समितिका सचिब प्रेम भण्डारी बताउनु हुन्छ । त्यस्तै पोखरी माथी स्काइवाक पोखरीको बिचमा संसारी माइ मन्दीर, निर्माण गर्ने लक्ष्य रहेको भण्डारीको भनाई छ । “पर्यटनमा नयाँ नयाँ कुरा चाहिने रहेछ हामीले यति निर्माण गरौ यो बर्ष प्रतिकात्मक बिमान निर्माण गरेका छौ हामी अझै नयाँपन दिन पोखरी माथि स्काईवाक निर्माण गर्ने तयारीमा छौ” भण्डारीले भन्नु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।