छथर जोरपाटी गाउँपालिकाको गुरुयोजनाको मस्यौदाका बिषयमा छलफल
धनकुटा,१७ पुष । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले गाउँपालिकाको एकिकृत भौतिक पूर्वाधार विकास गुरुयोजना बिषयमा तयार पारीएको मस्यौदाका बिषयमा सरोकारवालाहरु संग छलफल गरेको छ ।
स्थानिय पूर्वाधार विभाग पुल्चोकको आयोजनामा पालिकामा भएको कार्यक्रममा पालिकाको आर्थिक, पूर्वाधार विकास, खानेपानी, वातावरण स्वाथ्य लगायतका क्षेत्रको अध्ययन गरी तयार पारिएको मस्यौदाका बिषयमा छलफल भएको हो ।
गाउँपालिकाले आगामी २० बर्ष भित्रमा गर्न सक्ने र गर्नु पर्ने बिषयहरु लाई समेटेर ३ महिनाको बिस्तृत अध्यान पछि गुरुयोजनाको मस्यौदा तयार पारीएको परामर्श दाता संस्थाका शहरी योजनाविद् तथा सिभिल इन्जिनियर रविन्द्र दवाडीले बताए ।
गाउँपालिकाको जनघनत्व, आवश्यकता, बढ्दो सहरी करण, सडक पूर्वाधार राजश्व र बजेटका अवस्था सहित आगामी २० बर्ष सम्म गर्नू पर्ने कामको बिषयमा अध्यानय गुरु योजनाको कामको थालनी गरिएको दवाडीको भनाई थियो । इन्जिनियर, भूगर्वविद्, समाजशास्त्री लगायतको प्राविधीक टोलीले गुरुयोजना निर्माणका लागि काम गरेको समावशास्त्री प्रकाश तिवारीको भनाई थियो ।
छथरजोरपाटी गाउँपालिकाका निवर्तमान अध्यक्ष शेर बहादुर लिम्बुले गुरु योजनामा धेरै बिषय छुटेको बताउँदै अन्तीम प्रतिवेदनमा यस्ता बिषय समावेश गर्न सुझाव दिनु भएको थियो । त्यस्तै छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले गुरु योजनामा समावेश भएका बिषयले छथर जोरपाटी गाउँपालिकाको योजनाबद्ध विकासमा सघाउँने बताउँदै यस लाई पुरा गर्नका लागि आफू सधै प्रयत्नरत रहने धारण राख्नु भएको थियो ।
कार्यक्रममा वर्तमान जनप्रतिनिधीहरु, पूर्व जनप्रतिनिधी सहित,राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, समाजसेवी बिषयगत शाखाका प्रमुखहरु,व्यावसायी लगायतको सहभागीता रहेको थियो ।


