म दश वर्ष बाहिर बसेर फर्किदा मेरो आमाबुबालाई चांहि पक्कै जिउदो भेट्दिन होला : राई
धनकुटा । वैदेशिक रोजगारको शिलशिलामा विदेश पलायन हुन लागेका हिराराज राईले युरोपको कुनै पनि देश गएर दश वर्ष ढुक्कले बस्ने धनकुटा खवरसँग बताएका छन्।
राईले भने “म दश वर्ष बाहिर बसेर फर्किदा मेरो आमाबुबालाई चाँही पक्कै जिउदो भेट्दिन होला।” देशमा धेरै दु:ख र मिहिनेत गर्दा पनि सफलता प्राप्त गर्न नसके पछि विदेश पलायन हुन लागेका हुन्।
राईले तिन वटा नेपाली फिल्म र सात वटा म्युजिक भिडियोको अफर समेत रद्द गरेका छन्।


