कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व गोलाघाटमा मनाउने

काठमाडौँ, २० पुस : कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व विशेष उत्सवका साथ मनाउने भएका छन् । कुमाल समाज नेपालले यसपालिको उक्त पर्व देशभरका कुमाल जाती एकै स्थानमा जम्मा भएर विशेष उत्सवका साथ मनाउने निर्णय समेत गरेको छ । समाजका केन्द्रीय अध्यक्ष तेलबहादुर कुमालले बिहीबार पत्रकारसँग कुरा गर्दै चितवनको भरतपुरस्थित पर्यटकीय क्षेत्र नारायणी र राप्ती नदीको सङ्गमस्थल गोलाघाटमा महोत्सवकै रुपमा पर्व मनाउने निर्णय भएको जानकारी दिनुभयो ।

उत्सवमा सांस्कृतिक कार्यक्रमसहित मौलिक वेशभूषा प्रदर्शन हुने जनाइएको छ । आफ्नो मौलिक घर, पाहुनाको स्वागत÷सत्कारका चाल÷चलनलाई पनि प्रदर्शन गरेर मौलिक संस्कृतिलाई प्रवद्र्धन र प्रदर्शन गरिने अध्यक्ष कुमालले बताउनुभयो ।

महोत्सवकै रुपमा मनाउन लागिएको पर्वमा प्रदर्शनी कक्षसमेत राखेर कुमाल समुदायको मौलिक संस्कृति प्रदर्शन गरिने छ । अध्यक्ष कुमालका अनुसार उनीहरुले माघे सङक्रान्ति दसैँ, तिहारभन्दा पनि ठूलो पर्वको रुपमा लिने गर्छन् । उहाँले भन्नुभयो, “अरु समुदायको पर्वलाई राज्यले सम्बोधन गरेको तर कुमाल समुदायको पर्वलाई सम्बोधन नगरेकाले प्रधानमन्त्रीलाई नै सहभागी गराएर कुमालको पनि माघे सङ्क्रान्ति छ भनेर देखाउने र राजपत्रमा सम्बोधनका लागि पहल गर्न कार्यक्रम गरिएको हो ।”

कुमाल समुदाय देशका ७० जिल्लामा एक लाख ३० हजार हाराहारीमा रहेका जनाइएको छ । थर बदल्ने कारणले कुमाल समुदाय कम भएको उनीहरु बताउँछन् । उक्त कार्यक्रममा ७० जिल्लाबाट छ हजार मानिस सहभागी हुने बताइएको छ । महोत्सवमा कुमाल समुदायको मौलिक घर, खाना, वेशभूषा, नृत्य र राष्ट्रिय कलाकारको प्रस्तुतिसमेत रहने गरी तयारी भइरहेको छ । कुमाल समुदायले संस्कृति संरक्षणका लागि पहिलोपटक उक्त कार्यक्रम गर्न लागेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।