उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु
उदयपुर, पुस २० । उदयपुरको त्रियुगा नगरपालिका- ११ स्थितमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
हिजो दिउँसो साढे १ बजे पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्र.१-०५-००१ प. ७४३० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल पछाडि सवार स्थानीय २२ बर्षीय मनोज चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो ।
मोटरसाईकल चालक २२ बर्षीय ज्ञानेन्द्र मलाहलाई थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाईएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।


