धनकुटाको हिलेमा लागुऔषध दुर्व्यसनी विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न
धनकुटा, पुष २० । धनकुटाको हिलेमा लागुऔषध दुर्व्यसनी विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटा र जिप्रका धनकुटाको संयुक्त आयोजनामा र धनकुटा नगरपालिका वडा न १ को समन्वयमा जिल्ला धनकुटा धनकुटा नगरपालिका १ हिले स्थित तुङ्बा चौकबाट”लागुऔषध दुरुपयोग तथा ओसारपसार बिरुद्धको “प्लेकार्ड,पर्चा,पम्पलेट र ब्यानर सहितको र्याली हिले बजार परिक्रमा गरी ऐ स्थानमा पुगि कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलको प्रमुख अतिथ्यता, वडा नं १ का वडा अध्यक्षको अध्यक्षता, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, बिभिन्न संघसंस्थाका जनप्रतिनिधी,धनकुटा १ हिले स्थितमा रहेको बिभिन्न बिद्यालयहरुका शिक्षक,शिक्षिका, छात्र,छात्रा, स्थानियबासी र नेपाल प्रहरी लगायत अ.१८० जनाको उपस्थितीमा “लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको कार्यक्रम सम्पन्न भएको।




तस्बीर : जिल्ला प्रहरी कार्यालय धनकुटाको फेसबुक


