धनकुटाका आम नागरिकको स्वास्थ्य सेवा सहजताका लागि एम्बुलेन्स उपलब्ध गराउने कांग्रेस नेता शर्माको प्रतिवद्धता

शर्मिला राई/धनकुटा । प्रतिनीधि सभा सांसद एवम् नेपाली कांग्रेका नेता डा.सुनिल शर्माले धनकुटा जिल्लाका आम नागरिकको स्वास्थ्य सेवालाई सहज बनाउन एम्बुलेन्स उपलब्ध गराउने बताउनु भएको छ ।

नेपाली कांग्रेस धनकुटाले आज जिल्लामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले त्यस्तो बताउनु भएको छ । सांसद शर्माले धनकुटा जिल्लाको आम नागरिकको स्वास्थ्य सेवाका लागि एउटा एम्बुलेन्स उपलब्ध गराउने र सबै रोगको उपचार सेवा पाउने गरि तीन वटा स्वास्थ्य शिविर सञ्चालन गर्न सहयोग गर्ने बताउनु भयो ।

जसका लागि सबै जनतालाई सहज हुने स्थान छनौट गर्न र अन्य व्यवस्था मिलाउन पालिका प्रमुख र अध्यक्षहरुलाई उहाँले आग्रह गर्नुभएको छ । साथै यहाँका निम्न वर्गका जनता विरामी भएको खण्डमा जो सँग उपचार गर्ने पैसा छैन जिल्लाको सिफरिस अनुसार यो एक वर्षमा १ सय जनालाई नि शूल्क उपचारको व्यवस्था मिलाउन सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

आफ्नो पुख्र्यौली जिल्ला धनकुटा भएकोले पनि यहाँका जनताको सेवा गर्नु आफ्नो कर्तव्य भएको उहाँले वताउनु भयो । अर्को प्रसंगमा उहाँले राष्ट्रिय सभा चुनावमा अहिले सम्म पार्टीमा महत्वपूर्ण योगदान दिएका र कुनै पनि अवसर नपाएकाहरुले अवसर पाउनु पर्नेमा आफुहरुको जोड रहेको उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस जिल्ला अध्यक्ष दिनेश राईको सभापतित्वमा सञ्चालित कार्यक्रममा पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञान वहादुर गुरुङ,छथरजोपार्टी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बा र सागुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले आ-आफ्नो पालिकामा गर्न पर्ने आवश्यक विकासका कामको वारेमा जानकारी गराउदै जसका लागि सहयोग र पहल गरिदिन अनुरोध गरेका थिए ।

कार्यक्रमको सञ्चालन जिल्ला सचिव विजय सन्तोषी राईले गर्नुभएको थियो भने कार्यक्रमको वारेमा अर्का सचिव जयन्द्र घिसिङले जानकारी गराउनु भएको थियो । कार्यक्रममा पार्टी जिल्ला, क्षेत्रिय,पालिका र वडा स्तरका सभापति, उपसभापति सहित नेता कार्यकर्ताहरुको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।