पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न सम्झौता

खोटाङ, २२ पुस : अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र करुणा फाउण्डेसन नेपालबीच सम्झौता भएको छ । नगरप्रमुख तीर्थराज भट्टराई र फाउण्डेसनको व्यवस्थापक सन्तोष घिमिरेले सम्झौतापत्रमा शनिबार हस्ताक्षर गर्नुभयो ।

नगरपालिकाको पूर्ण स्वामित्वमा सञ्चालन हुने कार्यक्रम आगामी माघ १ गतेबाट लागू भएर विसं २०८३ पुस मसान्तसम्म तीन वर्ष सञ्चालन हुने सम्झौतामा उल्लेख छ । कार्यक्रमले अपाङ्गता भएका व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिका निम्ति काम गर्ने छ ।

यसैबीच कार्यक्रमका अवसरमा नगरपालिकाको ५० प्रतिशत र फाउण्डेसनको ५० प्रतिशत लगानीबाट खरिद गरिएको वाद्यवादनका सामग्री स्थानीय साइनो कला केन्द्रलाई हस्तान्तरण गरिएको छ । पछि दुई थान गितार उपलव्ध गराउनेगरी तीन थान गितार, एउटा हार्मोनियम, दुईवटा मादल, एउटा तबला, एक दर्जन बाँसुरी, सारङ्गी र किबोर्ड एक–एकवटा हस्तान्तरण गरिएको हो । फाउण्डेसनले यसअघि हलेसी तुवाचुङ नगरपालिका र बराहापोखरी गाउँपालिकामा यही कार्यक्रमको सम्झौता गरिसकेका छन् । जिल्लाका तीनवटै स्थानीय तहमा उक्त कार्यक्रम तीन–तीन वर्ष सञ्चालन हुने जनाइएको छ ।

दिक्तेल रुपाकोट मझुवागढीमा एक हजार एक सय ८३ अपाङ्गता भएका व्यक्ति छन् । दश स्थानीय तह रहेको जिल्लामा चार हजार नौ सय २२ जना शारीरिकरूपमा अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला अपाङ्ग सेवा सङ्घ खोटाङले जनाएको छ ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।