शान्ति र अहिंसाका लागि प्रार्थना गर्दै बौद्ध धर्मावलम्बी लामा गुफाभित्र

काभ्रेपलाञ्चोक, २३ पुस : काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ तालढुङ्गामा एक सय ५० बौद्ध धर्मालम्बी लामाले २५ दिनदेखि गुफा (कुन्छाम्¬)मा शान्ति रअहिंसाका लागि प्रार्थना गरिरहेका छन् । खानीखोलास्थित कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङको आयोजनामा गत मङ्सिर २९ गतेदेखि लामा गुरुसहित लामाहरु डेढमहिनाका लागि गुफा बसेका हुन् ।

उक्त संस्थाका अध्यक्ष वीरबहादुर वाईबाका अनुसार गुफामा बस्न काभ्रेपलाञ्चोकसँगै सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोकलगायत जिल्लाबाट एक सय पचास लामा सहभागी भएका छन् ।

“तामाङ समुदायमा पछिल्लो समय ‘लामा’गुरुको सङ्ख्या घट्दै गएकाले कुन्छाम्मार्फत् लामा पठनपाठन र उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो,“ आउँदो माघ ११ गतेसम्म सञ्चालन हुने छ ।” कुन्छाम्का लागि केही नगद तथा खाद्यान्न सहयोग प्राप्त भएको छ ।” पैँतालिस दिनसम्म सञ्चालन हुने कुन्छाम्का लागि रु १२ लाख खर्च हुने आयोजकको अनुमान छ ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले लामाको कुन्छाम् कार्यक्रमले स्थानीय धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।