जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्छौं : उपमहासचिव पुन

काठमाडौँ, २३ पुस : नेकपा (माओवादी केन्द्र) का उप–महासचिव वर्षमान पुनले जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनुभएको छ । निरङ्कुश राजतन्त्रवादीले व्यवस्थामाथि हमला सुरु गरेको र त्यो आफूहरुमाथिको हमला भएको उहाँको भनाइ छ ।

पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ अन्तर्गत बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको समीक्षा बैठक तथा अभियान समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै नेता पुनले परिवर्तनको नेतृत्वकर्ता शक्तिका हैसियतले निरङ्कुशतावादीहरुको चुनौती स्वीकार गर्न तयार रहेको बताउनुभयो ।

उहाँले आफूहरुले कोसिस गर्दागर्दै असफल भए पनि अर्को क्रान्तिकारी शक्तिको जन्म भएर परिवर्तनको रक्षा गर्ने उल्लेख गर्नुभयो । “गणतन्त्रसहित उपलब्धिमाथि निरङ्कुशतावादीका तर्फबाट प्रश्न उठाउन थालिएको छ”, नेता पुनले भन्नुभयो, “यो व्यवस्थामाथिको मात्र प्रश्न होइन, माओवादीमाथिको पनि प्रश्न हो ।”

पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुनले जनताको अवस्था बदल्न निरन्तर प्रयास गर्दै समाजवादी विकल्प तयार पार्नु आफूहरुको राजनीतिक ध्येय भएको बताउनुभयो । उहाँले जनता र कार्यकर्ता तहबाट उठेका प्रश्न र असन्तुष्टिको सम्मान गर्दै सबै प्रश्नको जवाफ आफूहरुले दिने स्पष्ट पार्नुभयो ।

नेता पुनले नेतृत्वले आफ्नो वर्गीय धरातल छाडेको आरोप लाग्ने गरेको चर्चा गर्दै माओवादी सर्वहारा वर्ग, मजदुर, किसान, श्रमिक र देशभक्तहरुको पार्टी भएको दाबी गर्नुभयो । उहाँले आसन्न विधान सम्मेलनबाट कार्यकर्ता जनताबाट र नेता तथा कार्यकर्ताबाट अनुमोदित हुनुपर्ने प्रणाली विकास गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

“माओवादी केन्द्र कार्यकर्तासँगै जनता भएको पार्टी हो । अब हामी जनताको मन जितेर कार्यकर्ता र कार्यकर्ताको मन जितेर नेता हुने प्रणाली संस्थागत गर्न खोज्दैछौँ”, उहाँले भन्नुभयो, “यसले नेतृत्वमा युवाहरु आउनुपर्ने भन्ने भन्ने आवाजको पनि सम्बोधन गर्नेछ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।