क्याम्पस प्रबेशद्वार नजिकै भेटियो कण्डमको थुप्रो

धनकुटा । धनकुटाको पाख्रिबास स्थित जालपादेवी क्याम्पस समेत संचालन भइरहेको जालपादेवी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको हाताभित्रै लाजमर्दो दृश्य देखिएको छ ।

क्याम्पसको प्रमुख प्रबेशद्वारको नजिकै यत्रतत्र कण्डमहरु फ्यालिएको छ । परिसरभित्रै रहेको सरस्वती मन्दिर वरपर पनि उक्त दृश्य देख्न सकिन्छ । केही प्रयोग गरिसकेका र केही त्यतिकै फ्यांकिएको अवस्थामा फेला पारिएको हो । शिक्षालय जस्तो पवित्र स्थल छेउछाउ यस्तो दृश्य भेटिनुले बिद्यार्थीहरुलाई नै लाज मान्दै हिंड्नु पर्ने अवस्था सिर्जना भएको छ ।

क्याम्पस हाता सरसफाइको क्रममा उक्त दृश्य देखिएको हो । सरसफाइपछि सफा देखिएपनि पुन: उक्त दृश्य देख्नु नपर्नेमा बिद्यार्थीहरु सशंकित छन् ।

यस बिषयमा जालपादेवी प्राविधिक शिक्षा तर्फका कार्यक्रम संयोजक राजेन्द्र राई संग बुझ्न खोज्दा यस्तो कार्य हुनु राम्रो पक्कै होइन तर क्याम्पस परिसरमा कुनै तारबार नभएको र हाताभित्रको नयां भवनहरु निर्माणाधिन अवस्थामा रहेकोले पनि प्रबेश द्वार अहिले खुल्लै राखिएकोले बिद्यार्थीहरु नभइ अरु कोहीले यस्तो कार्य गर्न सक्ने बताउनु भयो ।

बिद्यार्थीहरु यदि यस्तो कार्यमा संग्लग्न रहेको प्रमाण भेटिए उनीहरुलाई आवश्यक कारवाही गरिने पनि राईले बताउनु भयो ।

सम्बन्धित कार्य गर्ने जो कोही होस् सप्रमाण फेला पारिए कारवाहीको दायरामा ल्याउन अति आवश्यक छ साथै यस बिषयमा नगर,वडा,स्थानिय सुरक्षा निकाय र सम्बन्धित क्याम्पस प्रमुखहरुको ध्यान जान जरुरी देखिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।