पाख्रीवास बजार अनुगमन
धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाको अगुवाईमा आज धनकुटाको पाख्रीवास बजारमा अनुगमन गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा गएको संयुक्त बजार अनुगम टोलिले पाख्रीवास बजारको होटल, खाध्यान्न पसल र फार्मेसीहरुको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा १६ हजार ५ सय ८५ रुपैंया बराबरको लेवल नभएका, म्याद गुज्रेका सामाग्री जफत गरि नष्ट गरिएको अनुगमन टोलिले जनाएको छ ।
टोलिले व्यापारी, व्यवसायीहरुलाई लेवल विवरण राखिएका, म्याद नगुज्रेका खाद्य पदार्थ मात्र विक्री गर्न, होटल, रेष्टुराको भान्छा सफा राख्न, अखाद्य पदार्थ प्रयोग नगर्न र खाद्य स्वच्छतामा ध्यान दिन निर्देशन दिएको छ ।
अनुगमन टोलिमा खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यलय, घरेलु तथा साना उद्योग कार्यलय,कर दाता सेवा कार्यलय,राष्ट्रिय उपभोक्ता मञ्च धनकुटा,ईलाका प्रहरी कार्यलय पाख्रीवासका प्रमुख एवम् प्रतिनीधिहरुको उपस्थिती थियो ।






