धनकुटा हिलेका एक जना सहित विभिन्न ठाउंबाट ४ जना पक्राउ

बिराटनगर, पुस २५ । धनकुटा, मोरङ र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध गाँजा र ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो बेलुका ५ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका- ६ भेडेटार चौक स्थित ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ जादै गरेको को. ३० प ४५१५ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा चालक धनकुटा- १ हिलेका २२ बर्षीय तिलक राना मगरको साथबाट लागुऔषध गाँजा १ के.जि. फेला पारेसगै निजलाई पक्राउ गरेको हो ।

यसैगरी उदयपुरको त्रियुगा नगरपालिका- ३ मा लागुऔषध बिक्री बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले ५३ बर्षीय बल बहादुर कार्कीलाई १ के.जी. ६५० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

यसैगरी बिराटनगर महानगरपालिका- १५ एक नम्बर ढाट स्थित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको को ४० प २४३ नम्बरको स्कुटरलाई शंका लागि चेकजाँच गर्दा उक्त स्कुटरमा लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा ५२ मिलिग्राम ब्राउन सुगर फेला पारी स्कुटर चालक धरान- ८ का २७ बर्षीय सचिन प्रधान र पछाडी सवार षडानन्द नगरपालिका- २ भोजपुरकी २३ बर्षीया प्रतिमा राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।