इलामको माईजोगमाई गाउँपालिकाका किसानले उत्पादन गरेको दूध बिक्री नहुँदा समस्यामा

फिक्कल (इलाम), २५ पुस : इलामको माईजोगमाई गाउँपालिकाका किसानले उत्पादन गरेको दूध बिक्री नहुँदा समस्यामा परेको गुनासो गरेका छन् । गाउँपालिकाले आयोजना गरेको ‘किसानका समस्या र समाधानका उपाय’ विषयक छलफलमा किसानले पछिल्लो समय जटिलरूपमा देखिएको दूध बिक्री नहुने समस्या समाधान गरिदिन पालिकासँग माग गरेका छन् ।

किसानले भारी लगानीमा पशुपालन गरे पनि पछिल्लो समय दूधको बजार शून्यझैँ हुँदा आफूहरू निरास हुने अवस्था आएको किसान पारस न्यौपानले बताउनुभयो । “किसान दूध नबिकेर गम्भीर समस्यामा परेका छन्, यस्तो अवस्थामा स्थानीय सरकारले चासो देखाउनुपर्छ”, उहाँले भन्नुभयो ।

अर्का किसान सुमन बेघाले किसानको दूधको मूल्य घटेको मात्र नभई डेरी र चिज उद्योगले दूधको पैसा नै दिन छाडेकाले किसान थप मर्कामा परेको बताउनुभयो । उहाँले उत्पादित घीउ, छुर्पी र चिज बिक्री नभएको भन्दै उद्योग सञ्चालकले दूधको भुक्तानी नदिएको बताउनुभयो ।

किसानमात्र नभई उद्योगी र व्यवसायीसमेत मर्कामा परेका छन् । किसानले उत्पादन गरेको दूध नजिकैको डेरी उद्योगले किन्ने गरेको छ । डेरीले उत्पादित घीउ र छुर्पी बिक्री नभएपछि किसानलाई भुक्तानी दिन सकिरहेका छैनन् । उत्पादित दुग्धजन्य पदार्थ बिक्री नभएपछि आफूहरुसमेत मारमा परेको व्यवसायी राजेन्द्र लिम्बूले बताउनुभयो ।

“हामीले उत्पादन गरेको दुग्धजन्य पदार्थसमेत बिक्री नभएकाले किसानलाई दूधको रकम दिन सकेका छैनौँ”, उहाँले भन्नुभयो, “दुग्धजन्य पदार्थ बिक्री नहुँदा व्यवसायीसँगै हजारौँ किसानलाई मार परिरहेको छ, यसले कृषि उद्यम गर्नसमेत व्यवसायीलाई चुनौती भइरहेको छ ।”

गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले किसानका समस्या पालिकाले गम्भीर रूपमा लिएको जनाउँदै आफूहरूले गर्नसक्ने समाधानमा सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । “किसानका सयौं समस्या छन्, पहिलो कुरा कृषि उत्पादनमै समस्या छ, त्यसपछि उत्पादित वस्तुको बजार समस्या झन् जटिल छ”, अध्यक्ष थेवेले भन्नुभयो, “स्थानीय सरकारले गर्नसक्ने काममा हामी सधैँ तत्पर छौँ, प्रदेश र सङ्घीय सरकारसँग लैजानुपर्ने किसानका समस्यालाई पनि सहजीकरण गरिरहेका छौँ, किसानका तर्फबाट हामीले माग राखिरहेका छौँ ।”

इलाममा निजी क्षेत्रले दैनिक ५३ हजार लिटरको हाराहारीमा दुग्ध खपत गर्दै आएको छ । निजी डेरीमा मात्रै एक हजारभन्दा बढी किसानले दुग्ध बिक्री गर्दै आएका छन् । इलामका १८ चिज कारखाना, एक सय ५० छुर्पी बनाउने उद्योग र १३ दुग्ध मिठाई बनाउने उद्योग रहेको तथ्याङ्क छ । इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिकटन दुग्ध उत्पादन हुने गरेको छ । होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार तीन सय ७१ उन्नत जातका गाई पालिएको जनाइएको छ ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।