सेनाद्वारा ज्येष्ठ नागरिक तथा बालबालिकालाई कपडा वितरण

जानकी (बाँके), २५ पुस : नेपाली सेनाद्वारा बाँकेका ज्येष्ठ नागरिक तथा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–९ शान्तिनगरस्थित नीलसागर सेवा आश्रममा रहेका ज्येष्ठ नागरिक तथा बालबालिकालाई राँझामा रहेको श्री नं ४ वाहिनी अड्डा इमामनगर ब्यारेकका वाहिनीपति सहायक रथी प्रकाश थापा र श्री बज्रदल गणका गणपति रविन श्रेष्ठको नेतृत्वमा मङ्गलबार कपडा वितरण गरिएको हो ।

उक्त आश्रममा रहेका दुई सय २३ ज्येष्ठ नागरिक तथा बालबालिकालाई सेनाले लत्ताकपडा वितरण गर्नाका साथै एक छाक दिवा भोजन पनि गराएको नील सागर मानव सेवा आश्रमका अध्यक्ष सरिता खनालले जानकारी दिनुभयो । उहाँका अनुसार सेनाले अत्यावश्यकीय खाद्यान्नसमेत वितरण गरेको थियो । “यो जाडोमा सेनाले हाम्रो आश्रममा रहनुभएका आमाबुबा र बालबालिकालाई कपडा वितरण गर्नु भनेको हामीप्रति उहाँहरुको माया र सम्मान झल्किएको छ”, अध्यक्ष खनालले भन्नुभयो, “कपडासँगै सेनाले खाद्यान्नसमेत वितरण गरेको हुँदा यसले हामीलाई धेरै नै राहत पु्¥याएको छ ।”

सहायक रथी थापाले सेनाले राष्ट्रको सेवासँगै सामाजिक सेवामा पनि योगदान पु¥याउँछ भन्ने उद्देश्यले एकदिने दिवा भोज कार्यक्रम गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जसको कोही हुँदैन उसका साथमा नेपाली सेना सधैँ रहन्छ ।” आश्रममा रहनुभएका साहाराविहीन ज्येष्ठ नागरिक र बालबालिकालाई एक्लो महसुस नगर्न उहाँले आग्रह गर्नुभयो । उहाँले आफँैले नै ज्येष्ठ नागरिक र बालबालिकालाई भोजन खुवाउनाका साथै लत्ताकपडा वितरण गर्नुभएको थियो । नेपालगञ्जमा आठ वर्षदेखि सञ्चालन हुँदै आएको उक्त आश्रममा हाल ६३ बालबालिका र एक सय ६० ज्येष्ठ नागरिक बस्दै आउनुभएको छ । दाताको सहयोगमा चलिरहेको सो आश्रममा सडक बालबालिका तथा वृद्धालाई ल्याएर राखिने गरिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।